प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार १२:५३:१३
१४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिका लागि नेपाली महिला भलिबल टोलीलाई शुभकामना दिएका छन् ।
बङ्गलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जितेको हो । ढाकास्थित शाहिद सूरवार्दी इन्डोर रङ्गशालामा नेपालले प्रतिस्पर्धात्मक खेलमा उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ अङ्कले पराजित गरेको हो ।
प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली पुरुष भलिबल टोली भने चौथो भयो । नेपाली महिला भलिबल टोलीले सन् २०१९ मा बङ्गलादेशमै सम्पन्न उक्त प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार