कांग्रेसमा विद्यमान ‘शेर चरित्र’ विपरीत ‘शेखर चरित्र’
इन्द्र रिजाल
पुस १४, २०७८ बुधबार १७:३४:१५
१४ पुस, काठमाडौं । निर्वासनबाट फर्केपछि २०३६ सालतिर होला, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई फोन गरेर लाभको एउटा जटिल कामको गाँठो फुकाईमाग्न कोइराला परिवारकै कसैले बीपीलाई अनुरोध गरेछ ।
विराटनगरका एकजना पुराना कांग्रेसी कार्यकर्ताका अनुसार त्यसैमा रन्किनुभएको तापमा बीपीले राजनीतिक प्रसंगवश आफ्ना छोराछोरी र भतिजा–भतिजालाई ईंगित गर्दै भन्नुभएथ्यो, “यी फाईभस्टार भईसके, यिनीहरूको आशा मर्दै गयो……।” केही कालपछि उहाँले फेरि अर्को प्रसंगमा भन्नुभएको सम्झना हुन्छ, “शेखर अलिक सोचेरमात्र बोल्छ, व्यवहार पनि भरोसायोग्य देखाउँछ । यसमा जिम्मेवारीवोध देखिन्छ । प्रकाश त हावादारी नै हुने भो…..!”
वरियताको बिसौं स्थानमा राखेर पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको गरिमा, नैतिक परम्परा, संस्कार, सभ्यता र राजनीतिक काइदा–कानुनकै घोर अपमान गरे । सभापति पदको लागि डा. शेखर कोइरालाले पाएको शानदार मतको अपमान गरे । साथै आफूले पाएको मतलाई, मनपरि गर्न पाएको लाईसेन्स जस्तो ठानेर आफ्नै मतदाताको समेत अपमान गरे । कांग्रेसभित्र अहिले ‘शेर प्रवृत्ति’ र स्वाँठ चरित्रको गम्भीर निन्दा भईरहेको छ ।
उनै डा. शेखर कोइराला आज कांग्रेसको नेतृत्व तहमा बलियो शक्तिको रुपमा उभिएका छन् । हालै सम्पन्न भएको कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिको निर्वाचनमा उनले शेरबहादुर देउवाको विजय विपरीत १८५५ मत लिएर पार्टीको वरिष्ठ नेतामा स्थापित भए ।पार्टीको मूल नेतृत्वको अलावा मुलुककै नेतृत्वमा पुग्ने लक्ष्यसहित दिल्लीमा माओवादीका साथ भएको सात राजनीतिक दलको बाह्रबुँदे समझदारी र २०६२–६३ को जनआन्दोलनदेखि नै निर्णायक भूमिकाका साथ सक्रिय डा. शेखरको राजनीतिक यात्रा कांग्रेसको मूर्धन्य नेतृत्व तहमा स्थापित भईसकेको छ ।
यद्यपि महाधिवेशनपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा उनलाई वरियताको बिसौं स्थानमा राखेर पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको गरिमा, नैतिक परम्परा, संस्कार, सभ्यता र राजनीतिक काइदा–कानुनकै घोर अपमान गरे । सभापति पदको लागि डा. शेखर कोइरालाले पाएको शानदार मतको अपमान गरे । साथै आफूले पाएको मतलाई, मनपरि गर्न पाएको लाईसेन्स जस्तो ठानेर आफ्नै मतदाताको समेत अपमान गरे । कांग्रेसभित्र अहिले ‘शेर प्रवृत्ति’ र स्वाँठ चरित्रको गम्भीर निन्दा भईरहेको छ ।
पार्टीमा विरासत खोज्नेको चर्तिकला: बीपीले कुनै बेला भनेको उक्ति अहिले बीपीकै छोरा डा. शशांक र गिरिजापुत्री सुजाताको गतिविधिका सन्दर्भमा सम्झिनुपर्ने भएको छ । उनीहरू आफैंले विरोध गरेका देउवाको डोला बोक्न पुगे । ‘कोइराला परिवार एक छौं’ भनीभनी शेखरलाई लात हान्दै सभापतिको पहिलो र दोस्रो चरणको निर्वाचनमा आफ्नै साविक मान्यतालाई कुल्चेर स्वार्थपूर्तिको लागि बेईमानीका निर्लज्ज हर्कत देखाए ।
कोइराला परिवारका दुःखका दिनमा परिवारको सम्पूर्ण रेखदेख र व्यवस्थापनको जिम्मेवारी शेखरका पिता केशवले गरेका थिए । कतिपय पुराना र संघर्षशील कांग्रेसजनहरू कोइराला परिवारलाई आजको अवस्थामा ल्याईपुर्याउन पिता (केशव) को जिम्मेवारीपूर्ण भूमिका थियो भनी चर्चा गर्छन् ।
विरासतको ‘युवराज’ मार्का राजनीति उनीहरूलाई नै गर्नुपर्ने, पार्टी भाँडमै जाओस् वा जेसुकै होस् आफू जसरी भए पनि शक्तिशाली हुनैपर्ने र ठूलो भाग (पद) चाहिने । किन ठूलो भाग चाहिने हो, त्यसको उत्तर छैन र सोच–विचार पनि छैन । तर नेतापुत्र वा नेतापुत्री भएकै नाताले पार्टीको ठूलो ओहोदा चाहियो–चाहियो ।
डा. शेखरले विरासतको राजनीतिमा मात्र आफूलाई सीमित राखेनन्, ठूलो भागको अपेक्षा गर्दै दशतिर चहार्ने काम पनि गरेनन् । जिल्ला भ्रमण र कार्यकर्ता भेटघाटलाई कहिल्यै छोडेनन् । ‘कोइराला’ त उनको संयोगको सौन्दर्य, कार्यकर्ताको आकर्षण र भरोसाको पोशाकमात्र हो । शेखरको राजनीतिक पूँजी कार्यकर्ताहरूसँगको भेटघाट, हेलमेल र लेख–पढ तथा चिन्तनको साधना हो । सभापतिको लागि उनले पाएको त्यो मत यही साधनाको फल हो ।
नेपालमा सामाजिक परिवर्तन सांस्कृतिक परिमार्जनको प्रतिक बनेको विराटनगरको कोइराला परिवारका एक सदस्य, ‘पिताजी’ कृष्णप्रसाद कोइरालाका नाति र कृष्णप्रसादका साईंला छोरा केशवप्रसाद कोइराला (पत्नी नोना) का छोरा हुन् शेखर, जो पेशाले चिकित्सक हुन् ।कोइराला परिवारका दुःखका दिनमा परिवारको सम्पूर्ण रेखदेख र व्यवस्थापनको जिम्मेवारी शेखरका पिता केशवले गरेका थिए । कतिपय पुराना र संघर्षशील कांग्रेसजनहरू कोइराला परिवारलाई आजको अवस्थामा ल्याईपुर्याउन पिता (केशव) को जिम्मेवारीपूर्ण भूमिका थियो भनी चर्चा गर्छन् ।
डा. शेखर कोइरालाको जीवनयात्रा पनि रोचक–रोमाञ्चक, संघर्षशील र आकर्षक छ, जसको बारेमा बेस्ट सेलर बुक नै हुनसक्छ । यहाँ उनका छोटकरी विशेषता छोटकरीमा प्रस्तुत छ :-
पहिले राम्रो फिजिसियन आज ‘राम्रो नेता’ : २०४६ को जनआन्दोलनदेखि चिकित्सा पेशालाई क्रमशः पाखा लगाउँदै जानथालेको अवस्थामा उनी निकै राम्रो फिजिसियन भईसकेका थिए । त्यसपछि उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे । छोरा केशव (शेखरको बुबा) लाई डाक्टर पढाउन आमा दिव्यालाई ठूलो इच्छा भए पनि आर्थिक लगायत अन्य कारणले उनको चाहना पूरा भएको थिएन ।
शेखरलाई डाक्टर बनाउने इच्छा पिता केशव र कोइराला परिवारका अन्य सदस्यलाई पनि थियो । आइएस्सीको अध्ययनपछि पूर्ण छात्रवृत्तिसहित रुसमा डक्टरी पढ्ने मौका पनि आयो । तर किनकिन रुसमा पढ्न उनले अस्वीकार गरे । पछि उनले भारत मेरठको एउटा मेडिकल कलेजबाट आफ्नै खर्चमा एमबीबीएस गरे ।
जागीरको लागि संघर्ष : एमबीबीएस् पढेर आएपछि तत्कालीन पञ्चायती सरकारले उनलाई जागीर दिएन, राजनीतिक पूर्वाग्रहको कारण । पञ्च स्वास्थ्यमन्त्री सुशीला थापाले टाङ् अड्याईन् । तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरिले सकारात्मक सोच राखेका थिए र आफूलाई भनेको भए मिलाईदिन्थें भन्दा डा. शेखरले एउटा जागीर पाउन प्रधानमन्त्रीलाई नै गुहार्न पुग्नुपर्ने कस्तो व्यवस्था हो यो भनेर जवाफ दिई जागीर खान इन्कार गरे ।
पछि कसोकसो कुनै डाक्टर जान नचाहने ‘झाडा–पखाला अस्पताल’ (आजको शुक्रराज ट्रपिकल अस्पताल) मा जागीर त पाए तर ९ महिनासम्मको तलबै दिईएन । जागीरको क्रममा उनले वीर अस्पताल, पाल्पाको मिशन अस्पताल, कोशी अञ्चल अस्पतालमा काम गरे । पाल्पा अस्पतालमा काम गर्दा एमडी पढ्नको लागि धर्म परिवर्तन गर्नुपर्ने घुमाउरो शर्त राखेपछि उनले त्यहाँको जागीर छोडे ।
पुस १, २०१७ को कालो दिन : त्यो दिन १० वर्षे शेखर पाटन मिसन अस्पतालमा भर्ना भएका र घाँटीको समस्यामा अपरेशनपछिको तन्द्रामा थिए । उनलाई कुर्न आमा (नोना कोइराला) बसेकी थिइन् । गिरफ्तारी सुरु गरेपछि छोरालाई अस्पतालमै छाडेर नोना भूमिगत भइन् । शेखरको रेखदेखका लागि बहिनी कल्पना अस्पताल पुगिन् । डाक्टरको सल्लाहमा सोही दिन उनीहरु डिस्चार्ज भएर नागपोखरी गए ।
केटाहरूमात्र बस्ने छात्रावासमा नवविवाहित महिला एक्लो रुपमा बस्नुको अनेकौं कठिनाई थिए । तर ती सबै कठिनाई उनले पतिको पढाई पूरा गर्नको लागि सहेर बसिन् ।
डाक्टरी र राजनीति : २०३३ सालमा बीपी कोइराला लगायतका नेताहरू निर्वासनबाट स्वदेश फर्किंदा शेखर वीर अस्पतालमा कार्यरत थिए । बीपी लगायतका नेताहरूको स्वागत र जुलुसमा जानबाट रोक्न प्रशासनले कडा आदेश दिएको भए पनि डा. शेखर र डा. मधु घिमिरे बीपीको स्वागतमा पुगे । बीपीसहितका नेतालाई तत्कालीन सरकारले गिरफ्तार गर्यो । उनीहरु अस्पताल फर्के ।
विवाहको राजनीतिकरण : अल इन्डिया मेडिकल इन्स्टिच्युटमा एमडी पढ्दा पढ्दै विराटनगरका प्रतिष्ठित कालीप्रसाद अर्यालकी सुपुत्री पुनम अर्यालसँग २०३८ सालमा कलेजको बिदामा आएका ३१ वर्षीय शेखरको विवाह भयो । शेखर र पुनमले एउटै स्कुलमा पढेको भए पनि विवाहको कुरा चल्नुअघि उनीहरूको भेटघाट थिएन । मागी विवाह भयो । विवाह विराटनगरमै गर्ने तयारी थियो ।
तर अन्तिम समयमा बीपी कोइरालाले शेखरको विवाह काठमाडौंबाट हुने निर्णय गरे । बिएल शर्माले बर र बधु दुवैतर्फको क्याटरिङको जिम्मेवारी लिए । बडाबा बीपीले भतिजाको विवाहलाई राजनीतिक भेटघाट र हेलमेलको माध्यम बनाउने अवसरको रुपमा लिए । सादा जलपानका साथ विवाह सम्पन्न भयो ।
पिताको निधन तीन दिनपछि जानकारी : ३-४ महिनाको बीचमा क्यान्सर रोगले पिता केशव र बीपीको निधन भयो । बीपीलाई घाँटी र केशवलाई पोस्टेटको क्यान्सर भएको थियो । पिताको निधनमा घरमै भएका दाजु निरञ्जनले दागबत्ती दिए । एम्डी अध्ययनरत शेखरले भने तीन दिनपछि मात्र भारतीय समाजवादी नेता चन्द्रशेखरको मुखबाट थाहा पाए र नेपाल आए ।
एमडी पूरा गर्न पत्नी : शेखर एमडी गरिरहेको अवस्थामा पिता केशव बीचबीचमा स्वास्थ्य जाँचको लागि दिल्ली जान्थे । पिताको निधनले शेखरको पढाइमा निकै बाधा पुग्यो, परीक्षा बिग्रियो । एमडी नसकिने पो हो कि भन्ने शंका पत्नी पुनमलाई लागेपछि उनी पनि श्रीमान शेखरसँगै दिल्ली गइन् र एक वर्षसँगै बसिन्, त्यो पनि शेखर बसेको कलेजको पुरुष छात्रावासमा । केटाहरूमात्र बस्ने छात्रावासमा नवविवाहित महिला एक्लो रुपमा बस्नुको अनेकौं कठिनाई थिए । तर ती सबै कठिनाई उनले पतिको पढाई पूरा गर्नको लागि सहेर बसिन् ।
तर चन्द्र शेखरले त, “एक मामुली सी अस्पताल के लिए क्यों सहयोग मागते हैं मित्रों ! भारत सरकार बीपी के नाम पर एक मेडिकल कलेज ही बनादेने के लिए तयार है । वही मागो ।”
जुत्ताका शौखिन : डा.शेखर जुत्ताका शौखिन छन् । पाएसम्म ब्रान्डेड जुत्ता नै रोज्छन् । पछिल्लो समय उनी स्वदेशी उत्पादन शिखर, गोलस्टार लगाउन थालेको बताउँछन् । विदेशी त्यो पनि नाम चलेका ब्रान्डका जुत्ता पाएसम्म शेखर छाड्दैनन् । जुत्ता खरिदमा उनको शौखलाई श्रीमती पुनम सहज रुपमा लिन्छिन् ।
कोशी अस्पतालमा सेवाको गज्जब उपलब्धि : एम.डी. सकेर नेपाल फर्केपछि शेखरले सेवाको लागि विराटनगर रोजे । कोशी अञ्चल अस्पतालमा काम सुरू भयो । छोटो समयमा राम्रो डाक्टरको परिचय कमाए । कांग्रेसका नेता–कार्यकर्ताहरू, स्थानीय भीआईपी र अञ्चलाधीश, सीडीओ, प्रहरी अधिकारी जस्ता प्रशासकहरू स्वास्थ्य जाँचको लागि आउँथे । उनले यस्ता धेरै व्यक्तित्वको निःशुल्क सेवा गरे ।
त्यहाँ कार्यरत रहँदा नै २०४६ सालको परिवर्तपछि २०४७ को अन्तरिम सरकारको पालामा भारतीय प्रधानमन्त्री चन्दशेखर विराटनगर पनि गए । कोइराला निवासमा आएको बेला चन्द्रशेखरसँग डा. शेखरले कोशी अञ्चल अस्पतालको स्तरउन्नतिमा भारत सरकारको सहयोगको लागि कुरा चलाएका थिए ।
तर चन्द्र शेखरले त, “एक मामुली सी अस्पताल के लिए क्यों सहयोग मागते हैं मित्रों ! भारत सरकार बीपी के नाम पर एक मेडिकल कलेज ही बनादेने के लिए तयार है । वही मागो ।” यसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रारम्भ भएको हो । २०४६ पछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार र पहिलो उपकुलपति डा. शेखर नै भए । त्यसपछि भने उनले डाक्टरी पेशा छोडेर राजनीतिमा पूरै होमिए ।
आमा र शैलजाको क्षेत्रमा सक्रिय : शेखरले मोरङकाे शैलजा आचार्य र आमा नोनाको निर्वाचन क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका छन् ।हिंसात्मक राजनीतिमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधानसभाबाट नयाँ संविधान जारी गराउन उनले सक्रिय भूमिका निर्वाह गरेका छन् । संविधान जारी भएपछिको प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका डा. शेखर नेपालको राजनीतिमा कतिपय प्रवृत्ति रोगकै रुपमा जकडिएर रहेको अनुभव गर्दछन् ।
राजनीतिक स्वार्थले पार्टीको अवस्था लथालिङ्ग र भताभुङ्ग : कांग्रेसमा बेथिति मौलाएको उनको अनुभव छ । संस्था र संगठन छैन, गुटहरू क्रियाशील र परस्पर विरोधमा लक्षित छन् । व्यवस्था परिवर्तन भए पनि मनोवृत्तिमा परिवर्तन देखा परेन । गणेशमान सिंहजस्तो गतिशील, कृष्णप्रसाद भट्टराई जस्तो कुटनीतिक र गिरिजाप्रसाद कोइराला जस्तो जनताका बीचमा सक्रिय नेता खोजेर त्यो सम्भव छैन भन्ने उनको निष्कर्ष छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार