टुंगियो एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार १८:३०:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/nrna_LoA33D5XMu.jpeg)
१४ पुस, लण्डन । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।
‘यदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,’जोशीले भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।
यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डित र डा. यादव पण्डितसहित नारायण थापा र गौरीराज जोशी रहेको सदस्सीय समिति गठन गरेको थियो । जोशीका अनुसार पछिल्लो सहमतिको बारेमा अध्यक्षका प्रत्यासीबीच छलफल गरेर निर्वाचनको वातावरण बनाउने तयारी संघले गरेको छ ।
संघको नेतृत्वको लागि उपाध्यक्षद्वय डा। बद्री केसी र रविना थापा तथा कुल आचार्यले दावी गरेका छन् । संघका महासचिव डा। हेमराज शर्माले संघको १०औँ महाधिवेशन र निर्वाचनको मिति छिट्टै सहमतिमा तय गरिने जानकारी दिए ।
शर्माले भने, ‘निर्वाचनसम्बन्धी विवाद टुंग्याउन विभिन्न चरणमा छलफल भएका छन् सबै पक्षसँगको सहमतिलाई आधारमा अघि बढ्छ ।’
चार महिनादेखिको विवादको अन्त्य गर्न संघका पदाधिकारी काठमाडौंमा भेला हुने भएका छन् । संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल काठमाडौं पुगिसकेका छन् भने अध्यक्षका प्रत्यासी डा. वद्री केसी र संघका महासचिव डा। हेमराज शर्मा यसैसाता काठमाडौं पुग्ने तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार