महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार १८:४२:४९
१४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले निःशुल्क स्वास्थ शिविर संचालन गरेको छ । महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
सो अवसरमा विरामीहरुलाई औषधीसमेत प्रदान गरिएको बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपालमा विगत २७ वर्ष देखि वित्तीय सेवा प्रदान गर्र्दै आएको बैंककोे महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहि अनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगाएत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।
गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानियहरुले जाहेर गरेका छन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको प्रवक्त दिपेश लम्सालले दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार