कालीकोटका केही विद्यालयमा मात्र सेनिटरी प्याड वितरण
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार १८:४७:५२
१४ पुस, मान्म । कालीकोटका नौवटा स्थानीय तहमध्ये केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेका छन् । नेपाल सरकारले प्रत्येक विद्यालयमा सेनिटरी प्याड पुर्याउने उद्देश्यले बजेटको व्यवस्था गरेको भए पनि स्थानीय तहको उदासीनताका कारण केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड दिने गरेका छन् ।
नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ । कालीकोटका केही स्थानीय तहले सेनिटरी प्याड खरिदका लागि विनियोजन गरेको बजेटसमेत अयन्त्र खर्च गर्ने गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र पलाँता गाउँपालिकाले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेको पाइएको छ ।
तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकाले सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद तथा वितरण गरेका छैनन् । गत आर्थिक वर्षमा रु १८ लाखको सेनिटरी प्याड खरिदको ठेक्का हुँदा रु १३ लाखमा ३५ हजार प्याकेट सेनिटरी प्याड खरिद गरिएको रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले जानकारी दिए ।
खाँडाचक्र नगरपालिकाले शिक्षा शाखामार्फत सेनिटरी प्याड खरिद हुने गरेको वितरण पनि त्यहीँबाट हुने गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको कार्यक्रमको पालना गरिएको बताए । नेपाल सरकारले सामुदायिक विद्यालयमा सेनिटरी प्याडका लागि बजेट छुट्याउने गरेको आफूलाई थाहा भएको तर, आफ्नो विद्यालयमा सेनिटरी प्याड अहिलेसम्म नपाइएको तिलागुफा नगरपालिका–६ सत्यदेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थी रमिला शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार