मुसहर समुदाय कोरोना खोप लगाउनबाट वञ्चित
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार २०:४७:४२
विशाल बस्नेत
१४ पुस, महोत्तरी । महोत्तरीका मुसहर समुदायले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले कोरोना रोकथामका लागि खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् ।
खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनवाट वञ्चित बनिरहेको छ, सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अहिलेसम्म कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन । बर्दिबासमा १५२ घरधुरी बसोबास गर्दै आएका छन् ।
स्वास्थ्यचौकी नजिक हुनेहरूले खोप लगाए पनि प्राय: मुसहरहरूले खोप लगाउन नसकेको बताएका छन् । पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ । तर विद्यालयमा समेत नियमित उपस्थित हुन नसक्ने मुसहर समुदायका बालबालिकाहरू मोडर्ना खोप लिनबाट वञ्चित बनेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
जीविको पार्जनका लागि दैनिक मजदुरी गर्नैपर्ने बाध्यताले कहिलेकाहीँ छोराछोरीसमेत विद्यालय जाँदैनन्। ञविद्यालय नगएकै बेला खोप लगाएछन्, तर हाम्रा छोरीछोरीले लगाएका छैनन,झ सुनिल सदाले भने ।
अहिलेसम्म जिल्लाको १५ वटै स्थानिय तहमा झन्डै ५४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । तर मुसहर बस्तीका मुसहरहरूले खोप लगाउन पाएका छैनन् । मुसहर समुदायका लागि बस्तीमै पुगेर खोप अभियान चलाउन स्थानीयको माग छ ।
उनीहरूसँग सूचनाका लागी घरमा न रेडियो छ न त टेलिभिजन नै, सूचना नै टाँसेको भए पनि पढ्न लेख्न सक्दैनन्, त्यसैले बस्तीमै पुगेर कोरोना खोप लगाउन समबन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ,झ बर्दिबासका स्थानीय रुद्र थापाले भने ।
बर्दिबास नगरपालिकाले एक वडा एक स्वास्थ्यकर्मी परिचालन गरेको छ । सर्वसाधारणहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरभरिका सर्वसाधारणहरूको स्वास्थ्य अवस्थबारे जानकारी लिएर आवश्यक उपचारका लागि योजना बनाउने कार्यकारी प्रमुख रेवतीप्रसाद पराजुलीले जानकारी दिए । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिएसँगै नगरले सतर्कता अपनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान
मंसिर ५, २०८१ बुधबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार