केन्द्रीय बैंकले मुद्दति निक्षेपमा लगानी गर्ने
नेपालबहस संवाददाता
पुस १५, २०७८ बिहिबार १६:४३:०
१५ पुस, काठमाडौं । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको रकम ‘क’, ‘ख’, ‘ग’ वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२.४६ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४.२० करोड र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १.४० करोड गरी कुल २८.०६ करोड, ३६५ दिन (१ बर्षं) को लागि लगानी गर्न लगेको हो।
इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ पौष १८ गते [email protected] मा प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आव्हान गरिएको छ। लगानी अवधि मिति २०७८ माघ २ गतेबाट सुरु भई २०७९ माघ १ गते समाप्त हुने छ।
शर्तहरु:
– बैंकबाट तोकिएको न्यूनतम पूंजीकोष कायम रहेको,
– निष्कृय कर्जा (NPA) कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको,
– खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको,
– आ.व २०७७/७८ मा संचालन मुनाफामा (व्यवस्था पछिको) रहेको,
– रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको,
– बैंक तथा वित्तिय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको,
अन्य शर्तहरु
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार