सिन्धुपाल्चोकको चौतारामा २४ पुसमा मेयर कप खुला हाफ म्याराथन
नेपालबहस संवाददाता
पुस १५, २०७८ बिहिबार १९:२६:४७
१५ पुस, चौतारा । सिन्धुपाल्चोकको चौतारामा मेयर कप खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा म्यराथन हुन लागेको नगर खेलकुद विकास समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
खुला हाफ म्याराथनमा पुरुष र महिला हाफ म्याराथन, ४०(५९ वर्षसम्मको भेट्रान्स, महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानीवासी महिला र पुरुष विधा समावेश गरिएको चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह(संयोजक अमृतमान श्रेष्ठले बताए । हाफ म्याराथन प्रतियोगिता २१ किलोमिटरको हुनेछ । नगरपालिकाको वडा नम्वर १२ को साँगाचोकगढीदेखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुँदै ब्याङ्चेपानी पुगेर गौरती भिमसेन मन्दिर परिक्रमा गरी टुँडिखेलमा आएर म्याराथन पूरा हुने सह(संयोजक श्रेष्ठले बताए ।
भेट्रान्सतर्फको सबै इभेन्ट भने ईर्खुबाट सुरू हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ । हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार चार सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार दुई सय २२, तेस्रो हुनेने ११ हजार एक सय ११ र चौथो हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन् ।
४०(५९ वर्षसम्मको भेट्रान्स पुरुष र महिला विधाका दुवै विजेताले समान नौ हजार नौ सय ९९ रुपैयाँ प्रात गर्नेछन् । दोस्रो हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ र तेस्रो हुनेले तीन हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय महिला र पुरुष दुवै विजेताले पाँच हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरिय खुला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरिय खुला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।
खेल अवधिभर खेलाडीहरूलाई लजिङ्ग, फुडिङको व्यवस्था आयोजकले गर्नेछ । यस्ता प्रतियोगिताले नगरभित्रका पर्यटकीय क्षेत्र गौरती मन्दिर, भूत छागा, हर्लङ्ग बर्लङ्ग,र्याप्टिङ्ग र प्याराग्ल्याइडिङ्गको प्रवर्द्धन भइ आन्तरीक प्रवर्द्धनमा टेवा समेत पुग्ने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार