एक क्रान्तिकारीकाे भोगाईमा आजको माओवादी, प्रचण्ड र बाबुराम
नेपालबहस संवाददाता
पुस १६, २०७८ शुक्रबार २२:५९:१०
♦बिक्रान्त
आज नेपाली जनवादी क्रान्तिलाई प्रतिक्रियावादी राज्यसत्ताको अचानोमा छियाँछियाँ पार्ने काम भइरहेको छ । आफू सत्तामा पुगेपछि माओवादी जनयुद्धको गौरवशाली लक्ष्य र यसको रक्तिम प्रयासलाई घोर बदनाम गर्ने दुृस्प्रयासहरू भइरहेका छन् ।
यस कामका मूख्य जल्लाद अरू कोही नभएर हिजो जनयुद्धको ठेकेदार भएको मानिएका प्रचण्ड–बाबुराम मण्डलीसहितका ‘चण्डाल चौकडी’ अग्नि सापकोटा, हरिबोल गजुरेल, जनार्दन शर्मा प्रभाकर हुन् । जनयुद्धको बन्दुक नै नदेखेको र जनयुद्धकालभरि यसलाई सत्तो सराप गर्ने नारायणकाजीजस्ता नाटंकीहरूको त झन् के कुरा गरौँ । यिनका नाम लिँदा पनि तीन करूवा पानीले मुख कुल्ला गर्नुपर्ने गरी कुहिएर कुख्यात भइसकेका छन् ।
स्वास्नी हिसिलाको हात समातेर आफ्नै पार्टीका एघार हजार कमरेडहरूका लासमाथि टेकेर प्रधानमन्त्रीको कुर्सीमा खुट्टो घुमाईसकेको, कहिले नयाँ शक्ति त अहिले समाजवादीको मुखुण्डो लगाएर मधेशी पार्टीतिर तिहुन चाख्न पुगेको बाबुराम भन्ने दोपाया मूख्य क्रान्तिद्रोही हो भने अर्को मूख्य क्रान्तिद्रोही त एमालेको रुपमा कम्युनिस्ट अवसरवादबाट पतन भएर बुर्जुवा पार्टी हुन पुगेको नेकपा अध्यक्ष प्रचण्ड नै हो । यसमा हामी क्रान्तिकारीहरूमा कुनै भ्रम छैन । यस्ता बिग्रेका कम्युनिस्टले मुलुकमा समाजवाद ल्याउँछन् भन्ने सोच्नु नै मूर्खता हो ।
यो त्यस्तो अपराध हो जसमा कि ११ हजार कमरेडको जीवनको बलिदानको, उनीहरुको रगत, सपना र संकल्पलाई कुल्चिँदै दिल्लीका अँध्यारा कोठीमा पुगेर गरिएका १२ बुँदे तमसुकहरूको खेल हो । लडाकूको स्वेच्छिक विदाइमा राज्यले दिएको अलिअलि पैसा, दुष्ट मालिकले आफ्नो कुकुरले मासु खान माग्यो भनेर त्यही कुकुरको पुच्छर उसैलाई खुवाइदिएको भन्दा कुनै मानेमा फरक छैन ।
प्रतिक्रियावादी र विस्तारवादीका एजेण्टका अगाडि ‘अयोग्य’ भन्दै डामेर छापामार कमरेडहरूलाई विदाइका नाममा लगाइदिएका फूलमाला चुँडालिदिएर हिँडेकै दिन प्रचण्डले बुझ्नुपर्ने थियो, माओवादीका नेता र क्रान्तिकारी कार्यकर्ताका बीच बिश्वास चुँडिएको संकेत थियो त्यो ।
बाह«वर्षसम्म हामीलाई ‘नौलो जनवाद’, ‘सर्वहारा’, ‘राज्यसत्ता कब्जा’, ‘मुक्ति’, ‘प्रगति’जस्ता सूत्रका पाठ घोकाउँदै युद्धभूमिमा पठाइयो । हामी एकोहोरो भएर खाए पनि नखाए पनि त्यो पाठ घोक्दै त्यसलाई फिल्डमा प्राक्टिकल गर्दै दुश्मनसँग बन्दुक, बम गोलाका भाषामा वीरता र बलिदानी भावनाका साथ ज्यान अर्पेर लडियो ।
पिली, खारा, मंगलसेन र सन्धीखर्कमा वीरताले भरिएका ती लडाईँहरूमा अग्रदस्तामा लड्ने यो एक क्रान्तिकारी पनि हो । जब हामीलाई आफ्नो पाठ कण्ठस्थ भयो, अनि फनक्कै १८० डिग्री फर्केर हाम्रो पाठलाई पूरै झुटा र हामीलाई बेवकुफ बनाउँदै उक्त मण्डली सत्ताको सिनोमा गिद्दे झम्टाझम्टी गर्दै थुतुनो गाड्न पुग्यो ।
कहिले खिलराजलाई सिंहदरबारको सिंहासनमा पुर्याउने त कहिले देउवासँग साँठगाँठ गर्न र पुच्छर जोड्न पुग्ने अपराध उनैको हो । यो त्यस्तो अपराध हो जसमा कि ११ हजार कमरेडको जीवनको बलिदानको, उनीहरुको रगत, सपना र संकल्पलाई कुल्चिँदै दिल्लीका अँध्यारा कोठीमा पुगेर गरिएका १२ बुँदे तमसुकहरूको खेल हो । लडाकूको स्वेच्छिक विदाइमा राज्यले दिएको अलिअलि पैसा, दुष्ट मालिकले आफ्नो कुकुरले मासु खान माग्यो भनेर त्यही कुकुरको पुच्छर उसैलाई खुवाइदिएको भन्दा कुनै मानेमा फरक छैन ।
जनयुद्धकालीन अर्को नेता, बुर्जुवा शिक्षाको डाक्टरी डिग्री नामसँग झुण्डाएर र पार्टीका सिदासादा र समर्पित कमरेडहरुलाई तपाईँहरुले बुर्जुवा शिक्षातिर आकर्षित हुनु हुँदैन भनी शिक्षा दिने बाबुराम जनयुद्धका पोशाक फुकालेर विदेशीले लगा भनेर दिएको पोशाक लगाए पनि उसको मुखबाट ११ हजार शहीद कमरेडहरुको रगतका सिर्का कदापि पखालिँदैन । बाबुरामलाई त यमुनापारीबाट सारीचोलो पेटिकोट लिपिस्टिक लगाएर राजनीतिमा हिँड भन्यो भने उनी त्यतिसम्म गर्न पनि तयार हुन्छन्, होइन होला भन्ने ठाउँ नै छैन ।
त्यही पैसामा पनि मासु देखेपछि मसानका रिसाहा कुकुरले देखाएको लोभको रुपजस्तो रुप यिनीहरूले नदेखाएका होइनन् । लडाकूको गाँस काटेर उठाइएको २१ करोडको हिसाब त गायब भयो भयो, अब त चार अर्ब खाएको मुद्दा अख्तियार भन्ने संस्थामा जिउँदै छ । ठीकै छ, खेप गयो जिन्दगी गएको छैन । बितेका १६ वर्षका दौरानमा हामीले आफ्ना नेता भनाउँदाहरूका चालामाला र चरित्रलाई राम्रोसँग चिन्ने मौका पायौँ ।
धोकाको पैँचो त्यो भन्दा कठोर किसिमले तिर्ने दिन नआउला भनेर कोही पनि ढुक्क नभए हुन्छ । हामी दिन आउला भनेर धूप हालेर बस्ने होइनौँ, र चूप लागेर बस्दैनौँ पनि । अब हामीलाई कसैको माया मोलाहिजा छैन, किनभने हामीलाई आफ्नै माया छैन भने कसको मायामा हामी मर्ने ! त्यसैले यो मुद्दालाई टुङ्गोमा पुर्याएर मुलुकले न्याय पाएको हेर्न हामी क्रान्तिकारीहरूको शरीरमा बाँकी रहेको रगत खर्च गरिन्छ ।महान जनताले पनि हामी क्रान्तिकारीहरूको रगत र पसिनाको त्यागप्रति भएको अन्यायमा न्याय दिनुपर्छ ।
युद्धभूमिमा लडेका क्रान्तिकारीहरूको गाँस कटाएर, उद्योगी–व्यवसायीहरूबाट चन्दा उठाएर, कालाबजारी र तस्करहरू जुटाएर, अपराधी छुटाएर जताबाट पनि पैसा उठाइरहेका छन् । प्रचण्डले अजय सुमार्गी जस्ता माफिया र शारदाप्रसाद अधिकारी जस्ता बेइमान ठेकेदारलाई संरक्षण वा अभिवाकीय अभयदान दिईरहेको समाचारले नै यिनीहरूको द्रब्यपिशाची बदनियत बुझ्न सकिन्छ ।
यिनीहरूका नाराले ‘सर्वहारा’ को गीत गाउँछ, पाराले सामन्ती भैरवनृत्य गरिरहेको छ । सर्वहाराको गीतमा सामन्ती नाच नाच्नुपर्ने हामी कस्ता कार्यकर्ता भएछौँ त ! जनयुद्धकालीन अर्को नेता, बुर्जुवा शिक्षाको डाक्टरी डिग्री नामसँग झुण्डाएर र पार्टीका सिदासादा र समर्पित कमरेडहरुलाई तपाईँहरुले बुर्जुवा शिक्षातिर आकर्षित हुनु हुँदैन भनी शिक्षा दिने बाबुराम जनयुद्धका पोशाक फुकालेर विदेशीले लगा भनेर दिएको पोशाक लगाए पनि उसको मुखबाट ११ हजार शहीद कमरेडहरुको रगतका सिर्का कदापि पखालिँदैन । बाबुरामलाई त यमुनापारीबाट सारीचोलो पेटिकोट लिपिस्टिक लगाएर राजनीतिमा हिँड भन्यो भने उनी त्यतिसम्म गर्न पनि तयार हुन्छन्, होइन होला भन्ने ठाउँ नै छैन ।
भृकुटीमण्डपमा भएको नेकपा माओवादीको सातौँ विस्तारित बैठकमा बिलासी गाडी, लाजिम्पाटको आफ्नो निवास ‘लालदरबार’ त्याग्ने, पार्टीमा पूर्ण सैद्धान्तिक एकता बनाउन गुटबन्दी हटाउने भन्दै बाबुराम र प्रचण्डले आफ्ना सचिवालय स्टाफ साटासाट गर्ने भन्ने वाचा र पार्टी फुट्न नदिने भन्ने सार्वजनिक संकल्प आज कता गयो ? प्रचण्डको बिलासिता क्रान्तिकालमा देख्न भोग्न पाइएन, तर धोकाको राजनीतिक अध्याय थालेपछि प्रष्टै थाहा भो, सत्ता शक्तिप्रति यति आशक्ति, सम्पत्तिप्रति हिरिक्कै हुने लम्पट रहेछन् भन्ने नाङ्गो सत्य, हतियार बुझाएर आएपछि पहिले चोरीका गाडीमा सैरसपाटा गरेको र प्रतिक्रियावादीहरू भन्दा बढी र चाँडै गन्हाउन थालेपछि हामीले जनयुद्धको रक्तिम भूमिमाथि तोरीका फूल देखेका हौँ । एकबिहान यसै विषयलाई लिएर नयाँबजार महलमा उनलाई खरो धम्की पनि दिइयो । त्यसपछि बल्लबल्ल चोरीको गाडी त छुट्यो, आनिबानी के छुट्थ्यो ?
निद्रामा बोलेजस्तो र आफूले बोलेको आफैंले नबुझ्ने, दारु खाएजस्तै मुख मिठ्याउँदै लटपटिएर बोल्ने ‘प्रधानमन्त्री’ देउवा, बिन्द्रावनको गोठालोजस्तो रामचन्द्र, गँजडी बोलेजस्तो माधव, गाउँको फटाहा बोलेजस्तो झलनाथ, हामीलाई गाली गर्नै जन्मेजस्तो ओली, अर्धपागलले बोलेजस्तो वामदेव, देशका भार मधेसका सत्यानास मधेसी पार्टीहरू, पशुपति, कमल आदि नामधारी पुराना पापी सामन्तहरूका पार्टीतिर हामीलाई जानुपर्ने गरी बौलाहा कुकुरले टोकेको छैन ।
हामीले २०५२ फागुन १ देखि जनयुद्ध शुरू गर्नुअघि माघ २२ गते तत्कालीन ने.का. नेतृत्वको देउवा सरकारलाई बुझाएको ४० सूत्रीय मागको आठौँ बुँदामा बकाइदा उल्लेख गरिएको थियो— “साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ ।देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिका आयात र बिक्री वितरणमा तुरून्त रोक लगाउनु पर्छ ।
” अब हेर्नुहोस् रमिता, ती माग लेख्ने र सिंहदरबारमा दर्ज गराउने अगुवा मिस्टर बाबुराम प्रधानमन्त्री भएका बेला कस्ताकस्ता सिनेमा बन्न उनले दिए ? ‘चपली हाइट’, ‘एटीएम्’, ! देउवासमक्ष उनैले तेस्र्याएका माग आज कसैले उनलाई सम्झाईदियो भने रीसले बौलाहा हुन्छन् भने दोष कसको ? कमजोरी कसको ? असली चिनारी कसको ? छताछुल्ल भईसक्यो ।
जनयुद्धकालमा सर्ट–पाइन्ट लगाउने र ब्वाइजकट कपाल राख्ने केटीहरूले हाम्रा महिला कमरेडहरूको कारवाही खाएका थिए । कतिपयलाई त्यो भाटे कारवाहीले गर्दा अझै ज्यान दुख्दै होला । आज पम्फा कमरेड र हिसिलाको ताल देख्दा दिक्दार लाग्छ । हिजो जेलाई नराम्रो भनेर धपाउने काम गरियो, आज त्यही गरिँदैछ । हिजो जेलाई राम्रो भनिएको थियो त्यसलाई आज छोडिएको छ । हिजो जनयुद्धका सिलसिलामा गाउँको जुवा–तास बन्द गराइयो, तसडी वा जुवाडेहरू कारवाहीमा पर्दा आमा, दिदी, भाउजु, बैनी लगायतका जनसमुदायहरूले त्यसलाई कति राम्रो मान्नुभएको थियो !
आज शहरमा क्यासिनो बन्द गर्नुहुँदैन, नेपालीले पनि क्यासिनोमा खेल्न पाउनुपर्छ भन्ने पक्षमा पार्टीका मजदूर कमरेडहरू, त्यसमा पनि उपरोक्त मण्डली र चण्डाल चौकडी लागिपरेका छन् । हिजो ‘रोको, मत जाने दो’ भनिएको थियो, आज त्यसैलाई “रोको मत, जाने दो” भन्ने अर्थ लगाईँदैछ । यही हो क्रान्तिकारी नेताको प्रतिक्रियावादी नालीमा पतन भएको उदाहरण । रामबहादुर थापा बादल, मातृका यादव, चन्द्रदेव खनाल, वर्षमान पुन, शक्ति बस्नेत जस्ताहरुको सत्तामा बसेर गर्ने इलम एउटै छ, जताबाट पनि धन सोहोर्नु ।
यहाँ यी पंक्तिको अर्थ यस्तो नलागोस, क्रान्तिकारी कार्यकर्ताको आकर्षण अरू प्रतिक्रियावादी वा बुर्जुवा पार्टी वा बिग्रेका वामपन्थी पार्टीतिर भएकोले यसो भनियो । निद्रामा बोलेजस्तो र आफूले बोलेको आफैंले नबुझ्ने, दारु खाएजस्तै मुख मिठ्याउँदै लटपटिएर बोल्ने ‘प्रधानमन्त्री’ देउवा, बिन्द्रावनको गोठालोजस्तो रामचन्द्र, गँजडी बोलेजस्तो माधव, गाउँको फटाहा बोलेजस्तो झलनाथ, हामीलाई गाली गर्नै जन्मेजस्तो ओली, अर्धपागलले बोलेजस्तो वामदेव, देशका भार मधेसका सत्यानास मधेसी पार्टीहरू, पशुपति, कमल आदि नामधारी पुराना पापी सामन्तहरूका पार्टीतिर हामीलाई जानुपर्ने गरी बौलाहा कुकुरले टोकेको छैन । हामी जता जानुपर्ने हो एक्लैदुक्लै होइन, हुलै बाँधेर जान्छौँ, त्यो बेला सायद कमरेड ‘किरण’ हाम्रा आकर्षण हुनसक्छन्, लेख्नुहोस् अहिलेलाई ‘सायद’ ।
जातिवाद भनेकै हिन्दूवादको पैदावार हो । बाबुराम गिरोह वा प्रचण्ड मण्डलीको नियत मालेमावादको वर्ग बिश्लेषण र विज्ञानसम्मत सिद्धान्तको खिलाफ हो, चाहे त्यसमा जतिसुकै फुलबुट्टा कुँदेर जलप लगाइयोस् । सुनसरीको चतरामा पुगेर भैँसीको पूजा गर्ने र राजधानीमा अजय सुमार्गीको घरमा ५४ जना बाहुन लगाएर ग्रहशान्ति पूजा लगाउने प्रचण्ड–सीता लुकीलुकी सो पूजामा जल र फूल चढाउन पुग्ने र आमालाई लिएर मनकामना तीर्थयात्रा गर्ने र पशुपतिनाथको कृपा खोज्ने बाबुरामहरू घुमिफिरी हिन्दूराज बनाउन लागिपरेका छन् ।
प्रचण्डका हातमा क्रान्तिको डोब बाँकी होला, तर बाबुरामसँग त क्रान्तिको न किलो न त डोब, केही छैन । ११ हजार कमरेड र १८ हजार नागरिकको रगत पसिनामात्र पोतिएको छ । जनताबाट समर्थन गुमाएका र आफ्नै कार्यकर्ताहरूबाट विश्वास गुमाएका अहिले आफैँले एमाओवादी गुमाएका भ्रष्टहरू गएको चुनावलाई के के न फल्ने कल्पवृक्ष झैं उपलब्धी देखाउँदै थिए ।
बाबुराम पूरै समाज भाँड्ने हर्कतमा डुबेर लागेका छन् । यी दुवै जसको भेटे पनि पैसा खान्छन्, चाहे क्रिश्चियनको होस् वा इस्लामको, हिन्दूको होस कि बौद्धको ! यस्ता पिशाचधर्मीहरूलाई हामीले मालेमावादी मान्नुपर्ने ! धिक्कार छ हाम्रो ज्ञान र मानलाई । प्रचण्डको त्रिताली राजनीतिबाट अघाइयो, बाबुरामले सत्ता चलाएको भोगपछि त झन् घाँटीघाँटी आउन्जेल अघाइएकै हो । हरे, अग्ने, जनार्दने, कृष्णे, अनन्तेका दुइजिब्रे बोली र भ्रष्टाचारी चर्तिकालाबाट पनि रिँगटा चल्नेसम्मले अघाइयो ।
रामबहादुर थापा पहिले बादल थियो, आजकाल सत्ताको मादल भएको छ, जसलाई एकातिर प्रचण्डले ठोकिराख्या छ भने अर्कातिरबाट ओलीले ठोकिरहेको छ । लाटाले पापा हेरे झैँ आँखा च्यातिरहेका, मुखमा चौबिसै घण्टा ¥याल काडिरहेका, स्वनामधन्य ‘क्रान्तिकारी’ (?) नेताहरूको ‘नयाँ नेपाल’ पनि चाखियो । महान जनता वाक्क भएकै थिए, अब ‘थुक्क’ भन्न थालिसके । अब खाउबीर राक्षस र भोकबीर देउतामध्ये एउटा मान्नैपर्छ भने भोको देउता नै किन नमान्ने ?
बाबुरामसँग हिजो पनि पार्टीभित्र केही थिएन, त्यो भुईँफुट्टा हो यमुनापारीले राखेको । धेरै किताब पढेको होला, तर विद्वान कुनै हालतमा होइन त्यो । प्रचण्डसँग अब जनयुद्धको लगाम छैन । यी त जनयुद्धको फोहोरी र रित्तो खोलमात्र भइसके । पार्टीलाई आजको दुर्दान्त विभाजनमा पुर्याउने अपराधी यिनै दुई हुन् । सात गाउँलाई रुवाएर बसेको जालीझेली सामन्तको पाराले पार्टी चलाउन खोज्दा किन चल्थ्यो ? महान जनयुद्ध गरेको गौरवशाली पार्टी यिनीहरुकै कारणले आखिर फुटेरै क्षत–विक्षत भईछोड्यो ।
क्रान्तिको किलो उखेलिएर कमरेड किरणहरूको हातमा पुगिसकेको छ । प्रचण्डका हातमा क्रान्तिको डोब बाँकी होला, तर बाबुरामसँग त क्रान्तिको न किलो न त डोब, केही छैन । ११ हजार कमरेड र १८ हजार नागरिकको रगत पसिनामात्र पोतिएको छ । जनताबाट समर्थन गुमाएका र आफ्नै कार्यकर्ताहरूबाट विश्वास गुमाएका अहिले आफैँले एमाओवादी गुमाएका भ्रष्टहरू गएको चुनावलाई के के न फल्ने कल्पवृक्ष झैं उपलब्धी देखाउँदै थिए ।
देखियो उपलब्धी पनि । चुनावले केही नाप्नेवाला थिएन, भ्रष्ट र ‘लाल गद्दार’ लाई बुर्जुवा बैधानिकता दिएर झन् छाडा बन्न बाटो खोलिदिएको थियो । ठेगान छैन, कोठाभित्र हात्ती पसेको समस्या झैं देशभित्र विदेशी ३२ धातुका तत्व पसेपछि हामी त नरहौंला, तर अब के के हुँदै जाने हो ।
(लेखक माओवादीको ‘जनयुद्ध’ लडेका पूर्वलडाकू हुन् । यो लेख उनको स्वतन्त्र विचार हो, यससँग नेपालबहसको सम्पादकीय नीति मेल खाँदैन— सं.) ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार