यसरी कमेडियन बने कादर खान
नेपालबहस संवाददाता
पुस १६, २०७८ शुक्रबार १४:४:३२
१६ पुस, काठमाडौं । कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते ।
कादर राम्रो कलाकारसँगै उम्दा फिल्म लेखक पनि थिए । उनले बलिउडका कैयौं फिल्ममा सदाबहार संवाद लेखेका छन् । कादरको जन्म सन् १९३७ अक्टोबर २२ मा अफगानिस्तानको काबुलमा भएको थियो । उनको परिवार अफगानिस्तान छोडेर भारतको मुम्बईम बसेको थियो । उनको परिवार मुम्बईको सबैभन्दा फोहोरी र बद्नाम क्षेत्र कमाठीपुरामा बस्थ्यो ।
कादरको घरको आर्थिक अवस्था ठिक थिएन । उनले बिस्तारै–बिस्तारै पढाइ सुरु गरे । उनले इञ्जिनियरिङ पढे र कलेजमा नाटक लेख्न थाले । केही समयपछि कादर एक कलेजमा लेक्चरर बने । तर उनले नाटक लेख्न छोडेनन् । नाटक लेखिरहँदा उनले फिल्मको संवाद लेखन पनि सुरु गरे । सुरुवाती समयमा उनले कैयौं फिल्मका लागि राम्रा संवाद लेखे ।
संवाद लेखिरहँदा उनले फिल्मी अभिनय पनि सुरु गरे । करियरको सुरुवातमा उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरे । उनको भूमिकालाई दर्शकले निकै मनखपराए । तर एक समय यस्तो आयो कि उनले भिलेनको भूमिकामा अभिनय गर्नै छोडे । उनले भिलेनको भूमिकामा अभिनय नगर्ने निर्णयको कारण उनको परिवार र कलेजका विद्यार्थी थिए ।
कादरले भिलेन भूमिकामा अभिनय गरिरहँदा उनको छोराको स्कुलका अन्य विद्यार्थी रिसाएका थिए । यहाँसम्मकि भिलेन चरित्रमा अभिनय गरेकै कारण छोरा सरफराजसँग उनको झगडा नै परेको थियो । कादरकी श्रीमतिले पनि उनलाई भिलेन बन्न रोक लगाएकी थिइन् । उनको पूर्वकलेजका विद्यार्थीले पनि उनलाई भेट्दा भिलेन भूमिका नगर्न सुझाव दिएका थिए ।
त्यसपछि उनले भिलेनको भूमिका छोडेर कमेडियन चरित्रलाई अंगाले । उनले गोविन्दाका साथ कैयौं फिल्ममा कमेडी भूमिकामा अभिनय गरे । उनले ‘दाग’, ‘परवीश’, ‘सुहाग’, ‘कुर्बानी’, ‘नसीब’, ‘याराना’, ‘कुली’, ‘आन्टी नम्बर १’, ‘दुल्हे राजा’, ‘आँखियो से गोली मारे’ र ‘दिवाना मे दिवाना’सहित करिब ३ सय बढी फिल्ममा अभिनय गरे । आफ्नो करियरमा झण्डै २ सय ५० फिल्ममा संवाद लेखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार
महोत्तरीमा विवाहपञ्चमी उत्सवको रौनक
मंसिर १६, २०८१ आइतबार