हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध
नेपालबहस संवाददाता
पुस १६, २०७८ शुक्रबार १६:४७:२१
१६ पुस, सुर्खेत । कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान सेवा अवरुद्ध भएको हो ।
डोल्पा र हुम्लामा यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि बाहिर जाने डोल्पा र हुम्ला आउने अलपत्र परेका छन् । मुगुमा सडक सञ्जालले छोएको भए पनि नाग्मगमगढी सडक क्षेत्रको घुच्चीलेकलगायतका क्षेत्रमा बाग्लो हिमपात भएका कारणले यातायात सेवा अवरुद्ध बनेको हो ।
हवाई उडान नहुँदा हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको जुफाल विमानस्थलबाट काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन् । भिजिबिलिटी कम भएकाले सुर्खेत विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने दुवै उडान बन्द भएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार