प्रहरी भर्नामा नयाँ मापदण्ड ! ईन्स्पेक्टर र असई भर्नामा ५०/५० प्रतिशत लागु हुने
नेपालबहस संवाददाता
पुस १६, २०७८ शुक्रबार १७:११:४३
१६ पुस, काठमाडौं । नेपाल प्रहरीको भर्नामा नयाँ प्रावधान लागु गर्न प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको छ । प्रहरी नियमावली संशोधन गरी नयाँ प्रावधान लागु गर्न प्रस्ताव गरेको हो । प्रहरी प्रधान कार्यालयले दुई दिन अघि मात्रै नेपाल प्रहरीको ईन्सपेक्टर र असई भर्नामा नयाँ मापदण्ड लागू गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रहरी नियमावली संशोधन गरी रिक्त पदमध्ये ५० प्रतिशत भर्नाबाट तथा ५० प्रतिशत बढुवाबाट पदपुर्ति हुने व्यवस्था गर्न लागेको हो । प्रहरी नियमावली अनुसार हाल नयाँ भर्नाबाट ६० प्रतिशत र आन्तरिक बढुवाबाट ४० प्रतिशत पदपुर्ति हुँदै आएको छ ।
आन्तरिक बढुवामा लामो समय जाम पर्ने र तल्लो तहका प्रहरीको वृत्ति विकासमा समस्या भएपछि प्रहरी नियमावली संशोधन गरी सो प्रावधान लागु गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल मन्त्रिपरिषद्को विधायन समितिमा रहेको प्रहरी नियमावली संशोधनको मस्यौदामा यो प्रावधान राख्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।
यो विषयमा प्रहरीभित्र लामो समयदेखि बहस हुँदै आएको थियो । काम गर्ने बेलामा तल्लो तहका कर्मचारी प्रयोग हुने तर बढुवामा भने प्रहरी निरीक्षक माथिकालाई मात्र अवसर आउने भएपछि प्रहरी प्रधान कार्यालयमा लामो समयसम्म छलफलको विषय बनेको थियो । ‘यो नियमावली संशोधन भयो भने तल्लो तहका प्रहरी कर्मचारीमा निकै आकर्षण बढ्नेछ’, एक प्रहरी अधिकारीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार