कांग्रेसको आन्तरिक राजनीतिः देउवा ओलीकै बाटोमा हिँड्न चाहेका हुन् ?
भेषराज पोखरेल
पुस १६, २०७८ शुक्रबार २३:११:०
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबैको सभापति भएको दावी गरेका छन् । उनले आफूले गुटको राजनीति नगर्ने पनि बताएका छन् । उनले यसो भन्दा कांग्रेस कार्यकतादेखि नेतासम्म खुशी नहुने कुरा भएन ।
देउवाको यो अन्तिम नेतृत्व भएकाले उनले सबैलाई समन्वय गरेर लैजान्छन् कि ? अब कांग्रेसमा भएको गुटगत राजनीति समाप्त भएर योग्यताको आधारमा पद तथा जिम्मेवारी पाउने अवस्था आउँछ कि भन्ने सबैलाई लाग्यो । सभापति देउवाले यसो भनेर नेता, कार्यकर्तालाई खुशी पार्दै गर्दा काम भने एमालेका अध्यक्ष ओलीकै बाटोमा हिँड्न सुरु गरिसकेका छन् । अहिलेसम्मको प्रचलन, विधान र प्रक्रिया तथा जनमत एकातिर थन्क्याएर आफ्नो तजबिजमा वरियता, पद र जिम्मेवारी बाँड्न थालेका छन् ।
यसरी पदाधिकारीदेखि सदस्य निर्वाचित भएर आएपनि सभापतिले उचित पद र त्यसको जिम्मेवारी नदिएर पहिलेको अवस्थालाई हेरी यो वरिष्ठ, यो कनिष्ठ भनेर वरियतामा आफ्नो तजबिज प्रयोग गर्ने, जिम्मेवारीबाट वञ्चित गर्ने, आफ्नो पक्षकालाई विशेष जिम्मेवारी दिने, हारेकालाई पनि मनोनीत गरेर विशेष सम्मान दिने हो भने प्रतिस्पर्धाबाट नेतृत्वमा आउनुको के अर्थ ?
कांग्रेसको अहिलेसम्मको प्रचलन अनुसार सभापतिका निकटतम प्रतिस्पर्धी वरिष्ठ नेताको वरियतामा रहँदै आएकोमा अहिले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेर निकटतम प्रतिस्पर्धी बनेका डा.शेखर कोइरालालाई २० नम्बरको वरियतामा राखिदिएर ओलीपथलाई पछ्याउने छनक दिएका छन् । अझ प्रतिस्पर्धामा भाग नलिएका तथा हारेका पूर्वपदाधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा कोइरालाको वरियता अझ पछाडि धकेलिनेछ ।
नेपाली कांग्रेसको महाधिवेशन ढिलो भयो । म्याद थप्दै जाँदा पार्टी वैधानिकता गुमाउने अवस्थासम्म पुग्यो । यसको कारण के थियो ? यसको कारण थियाे क्रियाशील सदस्यता विवाद । यो विवाद आउनुमा देउवा पक्षकै चलखेल थियो । सो विवादलाई इतर पक्षले सहमति गरेकाले महाधिवेशन हुन सम्भव भयो ।
डडेलधुरादेखि अन्य कयौं जिल्लामा शक्तिको व्यापक दुरुपयोग भए पनि महाधिवेशन सम्पन्न भयो । तलदेखि नै सबै प्रतिनिधि तथा पदाधिकारी प्रतिस्पर्धाबाट आएकाले लोकतन्त्रको नमूना अभ्यास नै मानियो । यसरी पदाधिकारीदेखि सदस्य निर्वाचित भएर आएपनि सभापतिले उचित पद र त्यसको जिम्मेवारी नदिएर पहिलेको अवस्थालाई हेरी यो वरिष्ठ, यो कनिष्ठ भनेर वरियतामा आफ्नो तजबिज प्रयोग गर्ने, जिम्मेवारीबाट वञ्चित गर्ने, आफ्नो पक्षकालाई विशेष जिम्मेवारी दिने, हारेकालाई पनि मनोनीत गरेर विशेष सम्मान दिने हो भने प्रतिस्पर्धाबाट नेतृत्वमा आउनुको के अर्थ ?
भाग खोजिएन तर जिम्मेवार सभापतिले उचित व्यक्ति तथा उनले प्राप्त गरेको जनमतलाई बेवास्ता गरेर जुनियर र सिनियर बनाउने खेलले पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा डोराउँदैन । युवामा शक्ति भर्दैन, बरु निष्क्रिय बनाउँछ, आक्रोश जन्माउँछ, पार्टीभित्र पक्ष, विपक्ष जन्माउँछ ।
तलदेखि माथिसम्म युवाहरु प्रतिस्पर्धा गरेर नेतृत्वमा आउनु भनेको उनीहरुको क्षमता, बुद्धि, विवेक प्रयोग गर्न पाउनु पनि हो । युवाहरुलाई उचित मार्गदर्शन दिन चुक्ने वा वेवास्ता गर्ने तथा काम गर्न केन्द्रको नेतृत्वले रोक्ने अवस्था आएमा प्रजातन्त्रको अभ्यास नै अवरुद्ध हुनजान्छ ।
अहिले कांग्रेसमा युवाहरु स्थानीयदेखि केन्द्रसम्म छानिएर आएका छन् । उनीहरुको ऊर्जा र शक्तिलाई अझ प्रोत्साहन गरेर घनिभूत गर्दै क्षमता अनुसारको जिम्मेवारी दिएर अघि बढ्ने हो भने कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न अप्ठ्याराे छैन । अर्को, शेरबहादुर देउवा प्रधानमन्त्री र सभापति दुवै भएकाले उनको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।
अघिल्लो निर्वाचनमा उनकै कमजोरीका कारण कांग्रेसले हार व्यहोर्नु परेको हो । निर्वाचनको मुखमा प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव ल्याउने, त्यति ठूलो वाम गठबन्धन हुँदा त्यसको प्रतिस्पर्धाका लागि कुनै तयारी गर्नुको साटो हल्का विरोध मात्रै गर्नु, आफ्नो हातमा सरकार हुँदा जनताको पक्षमा काम गर्न नसक्नु जस्ता अनेकौं कारणले गर्दा कांग्रेसले हार खाएको हो । त्यस्तै, भ्रातृसंगठनहरुलाई सशक्त र सक्रिय बनाउन नसक्नु, मित्र संगठनहरुलाई ऊर्जा भर्न नसक्नु, जनवर्गीय संगठनहरुलाई शक्ति भर्न नसकेर निष्क्रिय बनाउनु पनि हारको मुख्य कारण हो ।
अर्थतन्त्र सबैतिरबाट कमजोर बन्दै छ । कांग्रेस सभापति देउवा र उनका सल्लाहाकार तथा सहयोगीले जान्नुपर्ने हो कि सरकारले राम्रो काम गरे गठबन्धनका सबै दलका भागमा पर्छ तर सरकारका कमजोरी र त्यसले पार्ने प्रभावको भागेदारी कांग्रेस मात्रै हुनुपर्ने अवस्था छ अहिले ।
उता शेरबहादुर देउवाका एकल र वास्तविक प्रतिस्पर्धी नेता शेखर कोइरालाले कुनै पनि भागबण्डा नखोज्ने बताएका छन् । युवा पदाधिकारीहरुले पनि त्यसै भनेका छन् तर विधि र प्रक्रिया मिचिए पार्टीमा संघर्ष गर्ने पनि बताएका छन् । भाग खोजिएन तर जिम्मेवार सभापतिले उचित व्यक्ति तथा उनले प्राप्त गरेको जनमतलाई बेवास्ता गरेर जुनियर र सिनियर बनाउने खेलले पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा डोराउँदैन । युवामा शक्ति भर्दैन, बरु निष्क्रिय बनाउँछ, आक्रोश जन्माउँछ, पार्टीभित्र पक्ष, विपक्ष जन्माउँछ ।
यसैबाट घात, अन्तर्घात जन्मने हो । यस्तो अवस्थामा कांग्रेस शक्तिशाली बन्न सक्दैन । अहिले ओलीको दम्भका कारण परिस्थितिवश देउवाले सत्ता सम्हाल्ने अवसर पाएका हुन् । यो अवसरलाई भरपूर रुपमा उपयोग गर्नुको साटो सरकार सबै अवस्थाबाट फितलो हुँदै गएको देखिएको छ । प्रदेशहरुको नेतृत्व गठबन्धनमा त आयो तर तिनलाई सशक्त बनाउँदै विकासको गतिलाई द्रुततर बनाएर लैजानुको सट्टा मन्त्रालय फुटाएर भाग पुराउनतिर लागिएको छ ।
विकास बजेट अत्यन्तै थोरै खर्च गरिएको छ तर प्रशासनिक खर्च दु्रत रुपमा बढ्दैछ । अर्थतन्त्र सबैतिरबाट कमजोर बन्दै छ । कांग्रेस सभापति देउवा र उनका सल्लाहाकार तथा सहयोगीले जान्नुपर्ने हो कि सरकारले राम्रो काम गरे गठबन्धनका सबै दलका भागमा पर्छ तर सरकारका कमजोरी र त्यसले पार्ने प्रभावको भागेदारी कांग्रेस मात्रै हुनुपर्ने अवस्था छ अहिले ।
त्यसको प्रभाव आगामी तीनै तहका निर्वाचन पर्ने निश्चित छ । शेरबहादुर देउवा ओलीपथमा हिँडेर राजनीतिमा विशिष्ट स्थान हासिल गर्न चुक्ने सम्भावना बढेर गएको छ भने यही अवस्था रहे कांग्रेसको अवस्था पनि दयनीय हुन बेर लाग्ने छैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार