नेपाली राजनीति:-आशावादी युवा, निराशावादी नेतृत्व
यज्ञप्रसाद भट्टराई
पुस १८, २०७८ आइतबार २३:५:५५
नेपाली राजनीतिमा अत्यन्तै धेरै प्रतिक्षा र संघर्ष पछि प्राप्त भएको प्रजातन्त्र र यही प्रजातन्त्रमा देश बिकासको सपना देख्ने नागरिकहरु अहिले पुर्पुरोमा हात राखेर आफ्नै बिगतलाई संझिरहेका देखिन्छन् ।
लोकतन्त्र या प्रजातन्त्रमा नागरिकहरुको अधिकार सुनिश्चित हुने सपना देखेर राजनीतिक परिवर्तनको आन्दोलनमा होमिएका मात्र हैन राजनीतिमा शुद्धता र निष्पक्षताको चाहना राख्ने तत्कालिन व्यवस्थाका सारथीहरु पनि अहिलेको राजनीतिक प्रणाली र यही प्रणालीले स्थापित गरेका गलत नजिरहरुका कारण रणभुल्लमा परेका देखिन्छन् ।
जहानियाँ राणा शासनको अत्याचार, दमन र नेपाली नागरिकहरु माथि गरिएका विभेदपूर्ण व्यवहारका कारण सबै नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने, आफ्ना अभिब्यक्तिहरु खुलेर राख्न पाउने, नागरिकका प्रति राज्य र सरकारको जिम्मेवारीको बोध गराउँदै देश बिकास र जनताको जीवनस्तर माथि उठाउने चाहना र देशमा प्रजातन्त्रको स्थापना गर्ने सपना बोकेर परिवर्तनको आन्दोलनको नेतृत्व गरेका जननायक विश्वेश्वरप्रसाद कोइरालाले समेत कल्पना नगरेको भ्रष्ट र निकम्मा नेतत्व अहिले नेपाली कांग्रेसमा मात्र स्थापित भएको छैन, बल्की नेपालमा राज्यसत्ताको स्वाद चाखेका सबै राजनीतिक दलहरुमा समान रुपमा मौलाएको देखिन्छ ।
२०१६ सालमा जननायक बीपीले परिकल्पना गरेको नेपाल र नेपालीको अवस्था अहिले ठ्याक्कै नमिल्न सक्छ । विश्व बजारमा देखिएको द्रुततर आर्थिक बिकास र आर्थिक बिकाससँगै निर्माण भएका विज्ञानका चमत्कारिक उपकरणहरुका कारण अब बिगतमा कल्पना गरेभन्दा अझ बढी परिस्कृत र उन्नत समाज निर्माण हुन खोजिरहेको छ । मेरो जस्तै मध्यम वर्गीय परिवारका लागि आवश्यक पर्ने श्रोत र साधनको व्यवस्था मिलाउछु भन्ने महामानव बीपीले आफ्नो सपना यो देशको माटो र यो देशका जनताका बीचमा कहिल्यै पुरा गराउन पाएनन् । बिकास र परिवर्तन देख्न नचाहने शक्ति यो देशमा बिगतदेखि वर्तमानसम्म छद्य भेषमा कायमै रहेको आभाष अहिले पनि आम नेपाली नागरिकहरुले गरिरहेका छन् ।
देशमा प्रजातन्त्रको पुर्नस्थापना पछि केही आशाका किरणहरु नदेखिएका पनि होईनन् तर राजनीतिक परिवर्तनसँगै मौलाएको भ्रष्टाचारका बृक्षहरु नामेट हुनुको सट्टा बनमारा झै मुलुकैभरी यति चाँडो र सनसनिपूर्ण तवरले फैलियो कि बिगतमा व्यवस्था परिवर्तन गर्न सक्ने क्षमता राख्ने नेताहरु पनि त्यही भ्रष्टाचारको दलदलमा भासिदै गए । कति होनहार नेताहरु यही दुर्गन्धका कारण बदनाम मात्र भएनन् कतिले त जेलको चिसो छिँडीको शितलता प्राप्त गर्ने अवसर पनि प्राप्त गरे ।
केही अपवादका प्रधानमन्त्रीहरु बाहेक देशमा बनेका अधिकांश प्रधानमन्त्रीहरुलाई भ्रष्टाचार नामक चुम्बकले आफुतिर मात्रै तानेन अत्यन्तै बदनाम समेत बनाई दियो । जसका बाछिटाहरुले वर्तमानका प्रधानमन्त्रीहरु पनि कताकता शरीरमा दाग लोगेको छ भन्नेहरुको उत्तर होईन होला ? भनेर दिन सक्ने अवस्था पनि बन्न सकेको छैन ।
देशले जहिले पनि बिकास मागिरहेको हुन्छ । नागरिकहरुले जहिले पनि रोजगार र सुरक्षित जीवनयापनको आधार खोजिरहेका हुन्छन् ।देशको अभिभावक भएको नाताले यी सबै कुराको ब्यवस्थापन गर्ने जिम्मोवारी सरकारको हो । तर नेपालमा बनेका कुनै पनि सरकारहरुले देशमा रोजगारी सृजना गर्ने र आर्थिक सुशासन कायम गर्ने कुरामा ध्यान दिन सकेनन् ।
पञ्चायतको समाप्तीसँगै देशमा खोलिएका सयौं उद्योग तथा कलकारखाहरु बन्द मात्र भएनन तिनै उद्योग तथा कलकारखानाका नाममा भ्रष्टाचारमा मुछिएका दलका नेताहरुको अनुहार हेर्न अहिले बबुरा नेपाली बाध्य छन् । कुरा यति चाँहि पक्का हो, वाईडबडी जहाजदेखि कवाडीखानासम्म खान पछि नपर्ने नेताहरुको सर्वस्वहरण नगरिकन यो देशमा सुशासन र आर्थिक पारदर्शिता कहिल्यै स्थापना हुनै सक्दैन ।
३२ बर्षदेखि निरन्तर यिनै अनुहारहरुले देश र जनताको दोहन गरिरहँदा पनि बबुरा नेपाली नागरिकहरु मात्र हैन यो देशको मुहार फेर्छु भनेर चौरस्तामा फोश्रा भाषण छाँटने युवा नेताहरु पनि आफुलाई अब्बल राजनीतिज्ञको रुपमा स्थापित गर्न सकिरहेका छैनन् । अझै पनि यिनै बृद्ध र भ्रष्ट नेतृत्वको खोकिलामा आफुलाई सुरक्षित भएको महशुश गर्ने आशावादी युवा नेताहरु रहुञ्जेल र आम नागरिकहरुले आशा, भरोसा र विश्वास गर्न छोडिसकेका निराशावादी नेतृत्वको हालिमुहाली रहुञ्जेल देशले द्रुततर आर्थिक बिकास र रोजगारीको क्षेत्रमा आमुल परिवर्तनको छलाङ्ग मार्न सक्दैन भन्ने कुरा चाँहि अब ऐना जत्तिकै छर्लङ्ग भएको छैन र !
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपजनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
वाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार