विवाहलगत्तै विवादमा विक्की कौशल !

नेपालबहस संवाददाता
पुस १८, २०७८ आइतबार १९:१:३५

१८ पुस, काठमाडौं । बलिउड अभिनेता विक्की कौशल अभिनेत्री कटरीना कैफसँग विवाहपछि काममा फर्किएका छन् । उनी अहलिे नयाँ फिल्म ‘लुका–छिपी २’ को सुटिङका लागि मध्यप्रदेशको इन्दौरमा छन् ।
केही दिनअघि मात्र अभिनेताको केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा आएका थिए । उनी अभिनेत्री सारा अली खानका साथ इन्दौरमा सुटिङमा छन् । फिल्मको एक दृश्यमा विक्कीले सारालाई बाइकमा राखेर सहर घुमाउनुपर्ने हुन्छ । यही दृश्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अहिले यही दृश्यलाई लिएर विवाद सुरु भएको छ । विक्कीमाथि सुटिङका समयमा नक्कली नम्बरको गाडी प्रयोग गरेको आरोप लागेको छ । प्रहरी अधिकारीहरू र आरटीओले फिल्म निर्माताले गैरकानुनी काम गरेको दाबी गरेका छन् । यही विषयमा प्रहरीले अनुसन्धान पनि सुरु गरेको छ ।
बाइकका मालिक इन्दौरका जयसिंह यादव हुन् । भिडियोमा देखिएको बाइकको नम्बर जयसिंहकै हो । जयसिंहले पनि अन्य व्यक्तिले भनेपछि मात्र आफ्नो बाइक नम्बर प्रयोग गरिएको थाहा पाएका थिए ।
उनले बाइक एरोड्रम शोरुमबाट २५ मे २०१८ मा किनेका थिए । फिल्म निर्माताले उनको एक्टिवाको नम्बर कसरी लगाए र यो नम्बरको बाइक दुर्घटनामा भएको भए को जिम्मेवार हुन्थ्यो भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विक्की र निर्मातामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार