ओमिक्रोन फैलन नदिन थप सर्तकता अपनाउन मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
पुस १८, २०७८ आइतबार २१:१४:२३
१८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ । कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिबद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्वतयारीमा रहन आग्रह गरेको हो ।
कोभिड-१९ का केसहरु फेरि बढ्न नदिन विभिन्न उपायहरू थप प्रभावकारिताका साथ कार्यान्वयन गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ । महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य मापदणहरूको पूर्ण पालना, भिडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनेलगायतमा जोड दिनुहोला ।’ यस्तै, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का केसहरूको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार