सशस्त्र एसपीको निगरानीमा सर्लाहीका सबै सीमा नाका तस्करीका लागि खुला
नेपालबहस संवाददाता
माघ ९, २०७८ आइतबार २३:५५:५२
९ माघ, मलंगवा । सर्लाहीमा सशस्त्र प्रहरीको मिलेमतोमा तस्करीलाई बढवा दिन थालिएको छ । नेपाल–भारत सीमा क्षेत्रलाई दैनिक चार घण्टा चेकजाँच बिनानै खुला गरेर तस्करीलाई बढवा दिन थालिएकाे हाे । ‘राती, बिहान, दिउँसो र साँझगरी मिलाएर चार घण्टा खुला राख्ने गरिएको छ, सीमा पोष्टमा रहेको सशस्त्र र सीमा सुरक्षा चौकीको नाममा रहेको नेपाल प्रहरी दुवैले आँखा चिम्लिने गरेका छन्’, नेपाल प्रहरीका एक अधिकारीले सर्लाहीबाट भने ।
उनका अनुसार सबै सीमा क्षेत्रमा नेपाल प्रहरीलाई मिलाउने जिम्मा सशस्त्र प्रहरीका एसपी भरत खनियाँले मिलाएका छन् । ‘सशस्त्रका एसपी खनियाँ हप्तामा एकपटक सीमा निरीक्षणको नाममा सीमा क्षेत्रमा गएर कार्यालय फर्कने गरेका छन्’, ती प्रहरीको भनाई छ ।
उनका अनुसार सर्लाहीको पर्सा गाउँपालिका–३ स्थित नारायणपुरमा नेपाली र भारतीय नागरिकको बरोबर हिडडुल गर्न दिइएको छ । सीमा क्षेत्रमा सैयौं बिघा नेपाली जमीनको मालिक भारतीयहरु रहेका छन् । त्यहाँ नेपाली भूमिमा बाँस र आप रोपेको कारण उनीहरुको आउजाउ बढेको मात्रै होइन तस्करीमा पनि उनीहरुको संलग्नता रहेको छ । तर नजिकै रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै मौन रहेको छ ।
त्यसैगरी उखु खेतीबाट पलायन गराउने चिनी उद्योगीहरुले भारतबाट उखु तस्करी गरी नेपाल ल्याउन पनि प्रहरीको सहयोग रहेको छ । ‘सर्लाही प्रहरी प्रशासनको मिलोमतोमा भारतबाट दैनिक हजारौँ क्वीन्टल उखु नेपालतर्फ तस्करी भइरहेको छ, सीमामा रहेको प्रहरीले केही गर्देन उल्टै पैसा लिएर छाडिदिन्छ’, स्रोतले भन्यो । स्रोतका अनुसार अवैध रुपमा भारतबाट उखु भित्र्याउनको लागि चिनी उद्योगीहरुले सीमा क्षेत्रमा नै दुई दर्जन जति उखु तौल गर्ने मेसिन काँटाको स्थापना गरेर बस्दा पनि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले कुनै पनि कारवाही अघि बढाएका छैनन ।
भारतबाट अवैध रुपमा उखु तस्करी गराउन चिनी उद्योगहरुले सर्लाहीको बलरा तथा फेनहाराको दशगजा क्षेत्रमा करिब दुई दर्जन काँटा संचालनमा ल्याएको स्रोतको दावी छ । मलंगवाको गोरखकाली मुख्य नाकासहित अन्य ७ वटा छोटी नाकामा निर्वाध रुपमा तस्करी सञ्चालनमा आएको छ । ‘ छोटी नाकाहरु संग्रामपुर, पर्सा, त्रिभुवननगर, भाडसर, बाराउद्योरण, फेन्हारा र बलरा नाकाबाट उखु तस्करी भएको छ । त्यतिमात्र होइन नेपालबाट चुरे दोहोन गरेर लगिएको गिटी वालुवा पनि भारततर्फ निकासी हुने गरेको छ । ‘बर्दिवासबाटै च्यानल मिलाएर लगिएको हुन्छ, त्यहाँ प्रहरीले यसो हेर्ने दिए थापेर लिने नत्र माथिको आदेश अनुसार छाडिदिने गरेको छ’, स्रोतले भन्यो ।
सर्लाहीबाट तस्करी बढेको भन्दै नेपाल–भारत सीमा क्षेत्रस्थित सर्लाहीका तीन स्थानमा एक वर्ष अघि एकैदिन सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) थप गरिएको थियो । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–३, बहादुरपुर, मलंगवा नगरपालिका–५, भाडसर र ब्रम्हपुरी गाउँपालिका–५, सखुअवामा बीओपी स्थापना गरिएको थियो । सर्लाहीको ५१ किलोमिटर सीमा क्षेत्रमा १७ वटा बोर्डर आउट पोष्ट निर्माण गर्ने क्रममा सर्लाहीको प्रत्येक बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा ३५ जनाको हाराहारीमा सशस्त्र प्रहरी राखिएको थियो ।
तर एसपी खनियाँ गएपछि ती बीओपीमा १५ जना पनि जनशक्ति नभएको र गस्तीमा दुई देखि तीन जना मात्रै जाने गरेका छन् । त्यसैगरी नेपाल प्रहरी समेत कहिलेकाही संयुक्त गस्ती बढाउँदा नेपाल प्रहरीलाई पनि सशस्त्र प्रहरीले नै तस्करीमा सहयोग पुर्याउन आग्रह गरिरहेको त्यसवापत नेपाल प्रहरीले पनि आर्थिक लाभ लिने गरेको स्रोतको दावी छ ।
तस्करीका लागि मन्ध्यान्ह १२ बजे, साँझ छ बजेपछि विहान ६ बजेको समय निर्धारण गरिएको स्रोतको दावी छ । भारतीय एसएसबीले डिउटी परिवर्तन गर्ने र नेपालमा पनि डिउटी परिवर्तन हुने समय मिलाएर तस्करीको समय मिलाइएको स्रोतले जनाएको छ । तीन वटा जिल्ला कमाण्ड गरिसकेका सशस्त्र एसपी खनियाँ गृह मन्त्रालयको पावर लगाएर चौथो कमाण्ड गर्न सर्लाही पुगेका थिए । उनी गएको छ महिनाभित्रै तस्करीका लागि सबै नाकाहरु खुला गरिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
जनकपुरमा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई भव्य स्वागत, मधेसभर विजय उत्सवको तयारी
पुष १२, २०८१ शुक्रबार