प्राविधिक हिसाबले हेर्दा भोली र पर्सीको बजार किन महत्वपूर्ण छ ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
पुस १८, २०७८ आइतबार २३:२१:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/bull-bear-market_zp9FTKmwMW.jpg)
१८ पुस, काठमाडौं । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक ६० दशमलव ४१ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ३९ प्रतिशतले वृद्धि हुँदा ४ अर्ब १२ करोड बराबरको कारोवार भएको छ । अघिल्लो कारोवार दिन ३ अर्ब ६२ करोड बराबरको शेयर कारोवार भएको थियो ।
बजारको आज २५३८ दशमवल २५ को विन्दुमा खुलेकोमा २५८५ को उच्च विन्दुसम्म पुगेको थियो भने अन्तिममा बजार २५८४ दशमलव ९१ को विन्दुमा बन्द भएको थियो । यसको अर्थ बजार आज ईण्ट्राडे हाईमा बन्द भएको छ। कारोवार रकम वृद्धि सँगै वृद्धि भएको बजारलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
बजार खुलेबाट करिब १५ मिनेट थोरै घट्न खोजेको थियो । बजारले खुलेको १५ मिनेटमा २५२८ दशमवल ७५ को विन्दु सम्म पुगे पनि त्यस पश्चात भने बजारमा खरिदकर्ता नै आक्रमक भएका थिए ।
बजारको अहिलेसम्मको उच्च विन्दुबाट च्यानल कोरेर हेर्दा बजार अहिले माथिल्लो च्यानल क्षेत्रमा रहेको छ। बजारले यसलाई तोडेर माथि जानु पर्ने देखिन्छ। बजारले माथिल्लो च्यानल तोड्ने क्रममा कारोवार रकमले पनि राम्रो साथ दिनु पर्ने हुन्छ। कहिले काहीं “फल्स ब्रेक आउट” को सम्भावना पनि हुन्छ ।
सर्वाधिक कारोवार भएका ५ कम्पनी :
सर्वाधिक कमाउने ५ कम्पनी :
सर्वाधिक गुमाउने ५ कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार