नेपाल राष्ट्र बैंकले १ अर्ब ७५ करोड बैंक वित्त कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्दै
नेपालबहस संवाददाता
पुस १८, २०७८ आइतबार २३:२५:३३
१८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।
उक्त रमकमध्ये १ अर्ब ४० करोड हाल लगानीमा रहेको हो भने ३५ करोड रुपैयाँ नयाँ लगानी रहेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ७५ रुपैयाँ निक्षेपका रुपमा लगानी गरिनेछ ।
यो मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस २० गते ४ बजेसम्ममा बोलकबोल पेश गर्नुपर्नेछ । यो निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्नेछ ।
निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । यसैगरी, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायतका सर्त राखिएको छ ।
राष्ट्र बैंकले यो रकम २०७८ पुस ३ गतेदेखि २०७९ पुस ३ गते (३६६ दिन) सम्मका लागि मुद्दति निक्षेपमा राख्न लागेको हो । यसरी राखिएको मुद्दति निक्षेपमा बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार