अक्षयको ‘पृथ्वीराज’का कारण गुर्जर र राजपूतबीच आरोप-प्रत्यारोप
नेपालबहस संवाददाता
पुस १९, २०७८ सोमबार १७:३९:४५
१९ पुस, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको प्रदर्शनोन्मुख फिल्म ‘पृथ्वीराज’लाई लिएर गुर्जर र राजपूत समाजबीच आरोपप्रत्यारोप सुरु भएको छ । यो फिल्मविरुद्ध राजस्थानको अजमेरमा विरोध प्रदर्शन भइरहेको छ । फिल्ममा पृथ्वीराज चौहानलाई राजपुत समाजको भनी देखाइएको छ । जबकी गर्जुर समाजले पृथ्वीराजलाई आफ्नो समुदायको भनी दाबी गरिरहेको छ ।
यहीकारण गुर्जर समाज अजमेरको वैशालीस्थित भगवान देवनारायण मन्दिरमा बसेर प्रदर्शन गरिरहेका छन् । यता राजपूत समाजले पृथ्वीराज चौहान राजपूत रहेकाले यसलाई प्रमाणित गर्न आवश्यक नरहेको जनाएको छ । राजपूत नेता भंवर सिंहले वास्तविकतालाई बद्ल्न नसकिने भएकाले पृथ्वीराज चौहान राजपूत नै रहेको दाबी गरे ।
यो विवादका कारण गुर्जर समाजले अजमेर जिल्ला कलेक्टरलाई ज्ञापन पत्र बुझाउदै फिल्मको रिलिजमा रोक लगाउन माग गरेका छन् । ज्ञापन पत्रमा समाजका प्रतिनिधिले पहिला फिल्म हेरेपछि मात्र रिलिज गर्न दिन मिल्ने वा नमिल्ने भनी लेखिएको छ । गुर्जर समाजले राज्यका मुख्यमन्त्री अशोक गहलोतलाई पनि ज्ञापन पत्र पठाएका छन् ।
चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक ड्रामा फिल्म ‘पृथ्वीराज’ भारतका वीर सपूत पृथ्वीराज चौहानमा आधारित छ । फिल्ममा अक्षय कुमारले पृथ्वीराजको मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा ‘मिस वर्ल्ड ’ मानुषी छिल्लरले पनि अभिनय गरेकी छन् । यो उनको डेब्यू फिल्म हो । उनले संयोगिताको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा सञ्जय दत्त, सोनू सूद र मानव विजको पनि अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार