अब ब्ल्याकबेरीका पुराना मोबाइलले काम नगर्ने, कारण यस्तो छ !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १९, २०७८ सोमबार १८:१५:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/BlackBerry_8820_BlackBerry_Bold_9900_and_BlackBerry_Classic-scaled-e1641192317618_1Tm18E2.jpg)
१९ पुस, एजेन्सी । मंगलबार ‘भोलि’ देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७।१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन् ।
यसको अर्थ एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, मेसेज टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्नेछैनन् ।
अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छोडेका छन् । यसको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो ।
उद्यम र विश्वभरका सरकारहरुलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयासस्वरुप कम्पनीले गत वर्षको सेप्टेम्बरमा यस बारेमा घोषणा गरेको थियो ।
ब्ल्याकबेरी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो । तर, वर्षैंदेखि यसले विभिन्न फोन निर्मातालाई आफ्नो ब्रान्डमार्फत लाइसेन्स दिँदै आएको थियो । हालसालै उसले अनवार्डमोबिलिटीलाई लाइसेन्स दिएको थियो ।
ब्ल्याकबेरीका पुराना सेल फोन सन् १९९० र सन २००० को दशकमा निकै लोकप्रिय थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार