सप्तकोशी विकास बैंकका डीसीईओ खडकालाई किन जोगाईयो ?
नेपालबहस संवाददाता
पुस १९, २०७८ मंगलबार १:२१:१७
१९ पुस, मोरङ । सप्तकोशी विकास बैंकमा भएको घोटला प्रकरणमा बैंकका सीईओ लगायत केही जिम्मेवार उच्च पदस्थ कर्मचारीहरु पक्राउ परेपनि जोखिम न्युनीकरणको महत्वपूर्ण जिम्मेवारी पाएका नायव कार्यकारी प्रमुख कुमार खड्का अनुसन्धानको दायरामा नपर्नुलाई आश्र्चर्यजनक रुपमा लिएको छ ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदीसहित बैंकका अप्रेशनल प्रमुख विजय थापा मगर, वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरेर बैंक घोटला प्रकरणमा अनुसन्धान गरिरहेपनि जोखिम न्युनीकरणको मुख्य जिम्मेवारी पाएका खड्का अनुसन्धानको दायरामा नपर्नुलाई आश्चर्यजनक रुपमा लिइएको हो ।
बैंकका प्रमुख जोखिम अधिकृत खड्का अनुसन्धानको दायरामा नपरेपनि सीईओ सुवेदीसहितका बैंकका जिम्मेवारी चार कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरोसहित नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्दै आएको छ । ठूलो आर्थिक अनियमितता घोटाला प्रकरणमा जोखिम नियन्त्रणको जिम्मेवारी पाएका नायव कार्यकारी प्रमुख खड्कालाई अनुसन्धानको दायरामा नल्याएपछि वित्तीय वृत्तमा आशंका गर्न थालिएको छ ।
करिब दुई वर्ष अगाडि सप्तकोशी र काबेली विकास बैंक बीच मर्ज भएर सप्तकोशी विकास बैंक बनेको थियो । मर्जरको समयमा पनि तत्कालीन दुई बैंकका व्यवस्थापन बीीच एकीकरण गर्दै पद तथा जिम्मेवारी बाँडफाँडको क्रममा पनि विवाद सिर्जना भएको स्रोतको भनाइ छ ।
सप्तकोशीबाट आएका प्रमुख कार्यकारी अधिकृत सुवेदी र कावेलीबाट आएका नायव कार्यकारी प्रमुख खड्का बीच आन्तरिक मनमुटाव र कर्मचारी गुटबन्टी हुँदै आएको समेत बुझिएको छ । आर्थिक घोटलाका विषयलाई सम्वन्धित निकायहरुले फराकिलो बनाउँदै दोषी उम्कन दिनु नहुने वित्तीय क्षेत्रका विज्ञहरुको धारणा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार