प्राविधिक हिसाबले बजारले आज ब्रेक आउट हानेकै हो ? बियरिस च्यानल सकिएकै हो ?
आर्थिक संवाददाता
पुस १९, २०७८ मंगलबार १:४१:२४
१९ पुस, काठमाडौं । साताको दोश्रो कारोवार दिन नेप्से परिसूचक मा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ३२ दशमवल ०३ अंक वृद्धि हुँदै २६१६ दशमलव ९४ मा बजार बन्द भएको छ । नेप्से परिसूचक १ दशमवल २४ प्रतिशतले वृद्धि हुँदा ४ अर्ब ५३ करोडको कारोवार भएको छ । अघिल्लो कारोवार दिन आइतबार नेप्सेमा ४ अर्ब १३ करोडको शेयर खरिद बिक्री भएको थियो ।
बजार आज २५९५ को विन्दुमा खुलेकोमा २६३४ को उच्च विन्दु सम्म पुगेको थियो भने २५९३ को न्यून विन्दु सम्म आएको थिए । बजारले अहिलेको सम्मको उच्च विन्दुबाट च्यानल खिच्दा हिजोको बजार माथिल्लो च्यानलमा प्रतिरोध क्षेत्रमा थियो । आज बजारले सो माथिल्लो च्यानलको प्रतिरोध क्षेत्रलाई आज तोड्न सफल भएको छ । कारोवार रकम भने अघिल्लो कारोवार दिन जस्तै रहेकोले केही दिन सम्मको बजार हेर्नु पर्ने छ । प्रतिरोध क्षेत्रमा रहेको बजारले ब्रेक आउटका लागि केही दिन सो क्षेत्र माथि बजार वृद्धि हुनु पर्छ र कारोवार रकम पनि आकर्षक रुपमा वृद्धि हुनु पर्ने छ । कहिले काहीँ “फल्स ब्रेक आउट” हुने सम्भावना छ । यदि बजारले यो च्यानल भन्दा माथि धरै दिन बस्न सकेमा अहिले ३२०० विन्दुबाट भएको बियरिस च्यानल तोड्न बजार सफल हुने छ ।
उत्पादन तथा प्रसोधन उपसमूहबाहेक सम्पूर्ण सूचक बढेका छन् । आज सर्वाधिक ट्रेडिङ्ग समुहको उपसुचक ७ प्रतिशतले वृद्धि भएको छ भने लघुवित्त उपसुचक पनि २ दशमवल ८८ प्रतिशतले वृद्धि भएको छ ।
आज हिमालयन डिष्टिलरीको सार्वाधिक शेयर खरिद बिक्री भएको छ । कम्पनीको २८ करोड ४४ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने अपि पावरको १८ करोड २९ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।
सर्वाधिक कमाउनेमा मध्येभोटेकोशी रहेको छ। कम्पनीको शेयर मूल्य प्रति कित्ता १० प्रतिशतले वृद्धि भएर १७७ दशमवल १० पुगेको छ भने गुराँस लघुवित्तको शेयर मूल्य ९ दशमवल ४५ प्रतिशतले वृद्धि भएको छ।
सर्वाधिक गुमाउनेमा रुरु हाइड्रोपावरका शेयरधनीले सर्वाधिक २ दशमवल ५९ प्रतिशतले गुमाए भने दोश्रोमा नेपाल बंगलादेश बैंकका शेयरधनीले २ दशमवल ४५ प्रतिशतले गुमाएका छन् ।
सर्वाधिक कारोवार भएका ५ कम्पनी :सर्वाधिक कमाउने ५ कम्पनी :
सर्वाधिक गुमाउने ५ कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार