प्रभु बैंकको २० औं वार्षिक साधारण सभाद्धारा बोनस शेयर पारित, मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी

नेपालबहस संवाददाता
पुस १९, २०७८ मंगलबार १:१०:५४

१९ पुस, काठमाडौं । प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौ, बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको बैंकको २० औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।
साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७/०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले तोकेको सीमाभित्र रही शेयरधनीहरुलाई वार्षिक साधारण सभास्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाईएको थियो ।
आज सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मत रुपले पारित गर्दै बैंकले गत आ.व. २०७/७८ को मुनाफाबाट सोही आ.व.मा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
वार्षिक साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ती -एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन (Due Diligence Audit -DDA) गर्न मान्यताप्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
सो वार्षिक साधारण सभाले १२ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी रु.१२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
फागुन १३, २०८१ मंगलबार
सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार