जुम्लामा एक हजार ४०० भन्दा बढी नयाँ मतदाता थपिए
नेपालबहस संवाददाता
पुस २०, २०७८ मंगलबार २०:१४:१९
२० पुस, खलङ्गा । जुम्ला जिल्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन् । कार्यालयले छवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि यही पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो ।
यसअघि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट पनि मतदाता नामावली सङ्कलन भएको जिल्ल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।
उनले भने, “पहिलो चरणमा मंसिर १७ गतेदेखि हिमा गाउँपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिका तथा दोस्रो चरणमा गुठीचौर गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालयका प्रमुख शर्माले बताए ।
कार्यालयका अनुसार पातारासीबाट ३२३, हिमाबाट १३७, तातोपानीबाट ३००, गुठीचौरबाट ३०८, कनकासुन्दरीबाट ११५ र तिला गाउँपालिकाबाट २९३ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्याभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।
यसैगरी, कार्यालयबाट ३०४ र जिप्रकाबाट ४५१ तथा इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट २१३ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका १३१ जनाले जिल्ला निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, कार्यालय प्रमुख शर्माले भने, “मतदाता नामावली सङ्कलनका लागि छवटा दर्तास्थल राखिएका थियो । प्रत्येक महिनाको मतदाता सङ्कलनको रिपोर्ट केन्द्रीय कर्यालयमा पठाउने गरेका छौँ । जिल्लाका स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख शर्माले बताए ।
जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार ११४ रहेका छन् जसमा पुरुष ३५ हजार ६५६ र महिला ३२ हजार ४५८ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सो तथ्याङ्क हेर्दा मतदाता नामावली सङ्कलनमा जुम्लामा मतदाताको निराशजनक सहभागिता देखिएको छ ।
स्थानीय तहको पदाधिकारीको पदावधि आगामी जेठ ५ मा सकिँदैछ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । कर्णाली प्रदेशमा २९ हजार २२८ जना मतदाता थपिएको निर्वाचन अयोगले जनाएको छ । आयोगले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा चार महिनाअघि मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार