फिल्ममा पारिश्रमिक नलिने बलिउड कलाकार को-को हुन् ?
नेपालबहस संवाददाता
पुस २०, २०७८ मंगलबार २२:११:३५
२० पुस, काठमाडौं । बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ ।
हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । करिना कपुरदेखि कैटरिना कैफसम्म यस्ता कैयौं सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात उनीहरूले निःशुल्क काम गरे ।
अभिनेत्री करिना कपुर खानले एक नभई दुई फिल्मका लागि निःशुल्क काम गरिन् । उनले फिल्म ‘बिल्लू’को गीत ‘मरजानी’ र ‘दबंग २’को गीत ‘फेवीकोल से’का लागि कुनै शुल्क लिइनन् ।
अभिनेत्री कैटरिना कैफले फिल्म ‘अग्निपथ’ मा ‘चिकनी चमेली’मा आइटम नृत्य गरेकी थिइन् । उनले यो गीतमा कुनै पारिश्रमिक लिइनन् । यसको कारण निर्माता करण जोहारसँगको मजबुत सम्बन्ध थियो ।
अभिनेता शाहरुख खानले फिल्म ‘भूतनाथ’मा एउटा सानो भूमिकामा अभिनय गरेका थिए । जुन भूमिकाको उनले पारिश्रमिक लिएनन् । यो फिल्ममा अमिताभ बच्चन र जुही चावलाको पनि अभिनय थियो ।
अभिनेत्री दीपिका पादुकोण सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । उनले डेब्यु फिल्म ‘ओम शान्ति ओम’का लागि कुनै पारिश्रमिक लिएकी थिइनन् । फिल्ममा प्रमुख भूमिकाका लागि उनले निःशुल्क अभिनय गरेकी थिइन् ।
अभिनेता सलमान खानले फिल्म ‘सन अफ सरदार’ र ‘तीस मार खाँ’ जस्ता कैयौं फिल्ममा केमियो गरेका छन् । यी केमियो भूमिकामा उनले कुनै पारिश्रमिक लिएका छैनन् ।
अभिनेत्री सोनम कपुरले फरहान अख्तरको फिल्म ‘भाग मिल्खा भाग’मा अभिनय गरेकी थिइन् । उनले फिल्मबाट पारिश्रमिकबापत मात्र ११ रुपैंयाँ लिएकी थिइन् ।
सोनाक्षी सिन्हा बलिउडकी लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनले अक्षय कुमारको फिल्म ‘बोस’मा ‘पार्टी अल नाइट’ गीतका लागि कुनै पारिश्रमिक लिइनन् ।
अभिनेता शाहिद कपुरले फिल्म ‘हैदर’मा कुनै पारिश्रमिक लिएनन् । यो फिल्म कश्मीरको युवामाथि बनेको थियो । उनले यो फिल्मबाट ‘बेस्ट एक्टर फिल्म फेयर अवार्ड’ पाएका थिए ।
अभिनेत्री रानी मुखर्जीले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन् । उनले फिल्म ‘कभी खुसी कभी गम’का लागि करण जोहरबाट कुनै पैसा लिइनन् । किनकि करण र रानी मिल्ने साथी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार