पुष्करले निर्देशन गरे हिन्दी गीत र अमेजनका लागि वेब सिरिज
नेपालबहस संवाददाता
पुस २०, २०७८ मंगलबार २२:३९:३३
२० पुस, काठमाडौं । एक समय नेपाली फिल्ममा खलपात्र (भिलेन) को भूमिकामा अत्याधिक रुचाइएका कलाकार हुन्, पुष्कर भट्ट । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिका निर्वाह गर्न साथ दिएको थियो ।
‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी फिल्ममा अभिनय गरेका उनले दुई दर्जन बढी भोजपुरी फिल्ममा पनि काम गरेका छन् ।
विगत केही वर्षदेखि क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले आफ्नो कलाकारिता यात्रालाई भने पूर्णविराम लगाएका छैनन् । नेपाल आउने क्रममा फिल्ममा अभिनय गर्दै आएका उनी अब आफ्नो परिचयको दायरा फराकिलो बनाउँदैछ । अभिनयमा प्रमाणित गरिसकेका उनले निर्देशनमा फड्को मारेका छन् । उनले हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।
उनी निर्देशित ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । भिडियोमा पुष्कर भट्ट आफैं फिचर छन् । भिडियोको सुरुवातमा फिल्मको झैं कथा बुनिएको छ । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामा प्रस्तुत छन् ।
भिडियोमा उनीसँगै भारतीय मुलका कलाकारहरु सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ । यूट्युब रिलिजको दुई दिनमा दुई लाखको आसपास भ्यूज बटुलेको गीतको भिडियोलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । पहिलो निर्देशित म्यूजिक भिडियोलाई मिलेको प्रतिक्रियाबाट आफू उत्साहित भएको पुष्करले बताए ।
गीतलाई दर्शकले रुचाएपछि पुष्करसहितको टिमले म्यूजिक भिडियोमा उठान गरेको कथामाथि वेब सिरिज बनाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गरेका छन् भने मुख्य भिलेनको भूमिकामा उनी आफैं प्रस्तुत भएका छन् । ५ भागको वेब सिरिज बनाउन ठूलो खर्च भएको उनले जानकारी दिए ।
वेब सिरिजको बारेमा जानकारी दिँदै पुष्करले भनेका छन्, ‘म्यूजिक भिडियोमा मैले जुन कथा उठाएको छु, त्यसैमाथि वेब सिरिज बनाएका छौं । केही दिन अगाडि मात्र वेब सिरिजको ५ वटा भाग क्यानडामा छायांकन भएको छ । अब त्यसको सम्पादन कार्य सकेर अमेजनलाई पठाउने तयारीमा छौं । अमेजनले मन पराएको खण्डमा वेब सिरिजको अन्य भागहरु पनि निर्माण हुनेछ ।’
‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले नै वेब सिरिजको निर्माणसँगै मुख्य नायकको रुपमा अभिनय गरेका छन् । क्यानडामा व्यापार व्यवसायको क्षेत्रमा ठूलो साम्राज्य बनाएका उनले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने( ‘पुष्कर जीसँग म्यूजिक भिडियोपछि वेब सिरिजमा सहकार्य गर्न पाएँ । चाँडै अरु काममा पनि हामीबीच हातेमालो हुनेछ ।’
कलाकार भट्ट सन् २०२० मा महंगो गाडीमा पर्ने ‘लङम्यान्स् किया’ मोटरको क्यानडा ब्रान्ड एम्बास्डरमा नियुक्त भएका थिए । नेपाली कलाकारको यो सफलता देखेर प्रिन्स आनन्दले आफ्नो टेलिभिजन ‘विएम प्राइम’ मा उनलाई अन्तर्वार्ताका लागि बोलाएका थिए । त्यसै क्रममा उनीहरुबीच चिनजान भएको थियो । पुष्करले प्रिन्स आनन्दसँग चाँडै अन्य कार्यमा पनि सहकार्य हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार