सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार १४:१८:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/tiger-z-h-3-e1641350922579_oV121CNvv8.jpg)
२१ पुस, एजेन्सी । बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् ।
भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् । सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् ।
उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् । उनको उर्दी अनुसार सुटिङका लागि जुन व्यक्तिको आवश्यकता पर्छ, त्यही व्यक्तिमात्र लोकेसनमा उपस्थित हुनुपर्नेछ ।
सलमानले अभिनेता इमरान हाशमीसँग केही फाइट सिक्वेन्सको सुटिङ गर्नेछन् । इमरान केही दिनमै सलमानका साथ सुटिङमा जाँदैछन् । यसका लागि सेटमा फाइट कोओर्डिनेटर र एक टीमको उपस्थिति हुनेछ ।
सलमान आफैं सुटिङ व्यवस्थामा ध्यान दिइरहेका छन् । उनी एक सुरक्षित सुटिङका लागि सबै नियम पालना गर्न आवश्यक छ भन्ने सन्देश दिनका लागि सलमान सक्रिय छन् ।
इमरान र सलमान केही अन्तर्राष्ट्रिय द्वन्द्व निर्देशकका साथ एसआरपीएफ ग्राउण्ट सेटमा केही एक्सन सिक्वेन्सको सुटिङ गर्नेछन् । यो सुटिङ पछि मात्र अभिनेत्री कटरीना कैफ सेटमा उपस्थित हुनेछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार