नवलपुरमा एघार हजार नयाँ मतदात थपिए

नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार १८:२५:३

२१ पुस, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मतदाता नामावली संकलन विशेष कार्यक्रममा ११ हजार बढीले नामावली दर्ता गरेका छन् । जिल्लामा मसिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण र पुस ५ देखि पुस १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्लामा रहेका आठ स्थानीय तहमध्ये पहिलो चरणमा चार गाउँपालिकाबाट तीन हजार ९०३ तथा दोस्रो चरणमा तीन नगरपालिकाबाट सात हजार ४२२ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्ला सदरमुकाम कावासोतीमा भने दुई स्थानबाट नियमित नामावली संकलनको काम भइरहेकाले मतदाता नामावली संकलन विशेष कार्यक्रम गरिएको थिएन । स्थानीय तहमा सञ्चालित विशेष कार्यक्रम ९घुम्ती टोली०मा नामावली दर्ता गराउनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा दुई हजार ९२३ छन् ।
उनका अनुसार मध्यविन्दु नगरपालिकामा दुई हजार ८२२, देवचुली नगरपालिकामा एक हजार ६७७, विनयी त्रिवेणीमा एक हजार ६६२, हुप्सेकोटमा एक हजार १४०, बुलिङटारमा ४४२ र बौदिकाली गाउँपालिकामा ६५९ जनाले नाम दर्ता गराएका छन् ।
एक महिनासम्म सञ्चालित विशेष कार्यक्रमबाट सात स्थानीय तहका ११ हजार ३२५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा विशेष अभियान सकिएको भए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलनको काम जारी रहेको उनले बताए ।
उनका अनुसार जिप्रका गत साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार २६८ जनाले नाम दर्ता गराएका छन् । त्यस्तै, जिल्ला निर्वाचन कार्यालयबाट दुई हजार ५३३ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी भुसालले जानकारी दिए ।
स्थानीय तहमा सञ्चालित विशेष अभियानसहित यस आवमा जिप्रका र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या १८ हजार १२६ रहेको उनले बताए । “जिल्लामा यस आवमा मतदाता नामावलीमा नाम दर्ता गराउने सबै मतदाता होइनन्” उनले भने, “हामीले फोटोसहितको मतदाता नामावलीको फारम भर्दा १६ वर्ष पुगेपछि भर्न मिल्छ, तर मतदाता हुनका लागि १८ वर्ष पुग्नुपर्छ ।” अहिले फारम भरेका तर १८ वर्ष नपुगेका नागरिकको १८ वर्ष उमेर पुगेपछि मात्रै मतदाता नामावलीमा नाम दर्ता हुने उनले जानकारी दिए ।
नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिकले मात्रै मतदाता परिचयपत्र पाउने जनाइएको छ । अन्य जिल्लामा स्थायी ठेगाना भएका तर नवलपुरमा बसोबास गर्दै आएका व्यक्तिलेसमेत जिल्ला निर्वाचन कार्यालयमा गएर मङ्सिर महिनादेखि मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरिएको जनाउँदै उनले अन्य जिल्लाका ४२ जनाले नामावलीमा नाम दर्ता गरेका बताए ।
त्यस्तै, नामावलीमा भएको त्रुटी सच्याउनका लागि ७६ जनाले निवेदन दिएका छन् भने मतदानस्थल परिवर्तन (ठाउँसारी)का लागि ५९८ जनाले निवेदन दिएका भुसालले बताए । जिल्लामा हाल दुई लाख ३७ हजार ८२ जना मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी भुसालको भनाइ छ ।
विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ जना पुरुष तथा चार जना तेस्रो लिङ्गी मतदाता रहेका जनाइएको छ । जिप्रकामा भइरहेको मतदाता नामावली संकलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भएकाले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह, बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताइएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार