कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार १८:५०:३७
२१ पुस, कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो सङ्ख्यामा वृद्धि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबारमात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ ।
कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् । बाँकी सबै होमआइसोलेशनमा छन् । यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ । हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ । हालसम्म आठ हजार ८२३ जना निको भएका छन् ।
हालसम्म २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मङ्गलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको सङ्ख्या ४८२ रहेको छ । भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन् । नेपालबाट भारततर्फ जानेको सङ्ख्या ४३५ रहेको छ । सोही अवधिमा सीमानाका त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको सङ्ख्या ३०९ तथा भारततर्फ जानेको सङ्ख्या २५९ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार