प्राविधिक रुपमा आजको बजारको “करेक्सन” लाई कसरी हेर्न ? (चार्टसहित )
आर्थिक संवाददाता
पुस २१, २०७८ बिहिबार २:११:२३
२१ पुस, काठमाडौं । बजारमा चार कारोवार दिन पश्चात शेयरबजारमा केही करेक्सन देखिएको छ । नेप्से परिसुचकमा ३० दशमवल ७७ अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १ दशमलव १५ प्रतिशतले घट्दा ४ अर्ब ६२ करोडको कारोवार भएको छ ।
अघिल्लो कारोवार दिन नेप्सेमा ४ अर्ब ३२ करोडको शेयर कारोवार भएको थियो। नेप्से परिसूचक घटेको बेला कारोवार रकम वृद्धि भएको छ । करेक्सन हुँदा कारोवार रकम वृद्धि हुनुलाई खासै सकारात्मक मानिदैन ।
बजार २६८७ को विन्दमा खुलेकोमा २७०० को उच्च विन्दुसम्म पुगेको थियो । बजार २७०० को विन्दुबाट तल खस्न थालेको हो। बजारको आज न्यून विन्दु २६४० रहेकोमा २६४९ को विन्दुमा बन्द भएको थियो। बजार आज “ईण्ट्राडे लो ” भन्दा थोरै माथि बन्द भएको छ।
१३ उपसुचक मध्ये २ उपसुचकमा सामान्य वृद्धि देखिएको छ। जलविधुत कम्पनीको उपसुचक र फाइनान्स उपसुचकमा सामान्य वृद्धि देखिंदा अरु बाँकी ११ उपसुचकमा गिरावट देखिएको छ। होटल तथा पर्यटन उपसुचक सर्वाधिक घटेको छ।
बजारले केही दिन अघि “बियरिस च्यानल”लाई ब्रेक आउट गरेको थियो र सो को “कन्फ्रर्मेसन” को लागि बजार अहिले लागिरहेको छ । ४ कारोवार दिन वृद्धि भएको बजारमा आज करेक्सन आउनु सामान्य रहेको छ ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने कम्पनी :
सर्वाधिक गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार