सुर्खेतमा १० हजार भन्दा बढी मतदाता थपिए
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार १९:३९:१
२२ पुस, कर्णाली । प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मंसिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले विशेष अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासनबाट नियमित मतदाता नामावली दर्ता भइरहेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा नहुञ्जेलसम्म मतदाता नामावली सङ्कलन कार्य चलिरहने हुँदा मतदाता सङ्ख्या अझैं बढ्ने बताए । उनका अनुसार अन्य जिल्लाका एक हजार ६१० जनाले सुर्खेतबाट नामावली दर्ता गराएका छन् । उनीहरुको मतदाता विवरण भने सम्बन्धित जिल्लामै कायम हुनेछ ।
यसअघि सुर्खेतमा दुुई लाख १३ हजार मतदाता थिए । निर्वाचन आयोगले स्थानीयस्तरमै जनशक्ति परिचालन गरी पहिलो र दोस्रो चरणको मतदाता नामावली सङ्कलन गर्न विशेष अभियान सञ्चालन गरेको थियो । प्रदेश निर्वाचन अधिकारी चालिसेले सुर्खेतका स्थानीय तहमा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण तथा पुस ४ देखि १८ गतेसम्म दोस्रो चरणको अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । विशेष अभियानमा छुटेका व्यक्तिले इलाका प्रशासन कार्यालय बाबियाचौर, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिने उनको भनाइ छ ।
विशेष अभियानका क्रममा चिङ्गाडमा १९८, चौकुनेमा ६५६, सिम्तामा ४४१ र बराहताल गाउँपालिकामा ५०४ तथा लेकबेँसीमा ९८४, गुर्भाकोटमा एक हजार ४०२ र भेरीगङ्गा नगरपालिकामा दुई हजार ६७ नयाँ मतदाता थपिएका छन् । त्यस्तै पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालय बाबियाचौर तथा वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन र प्रदेश निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिएको थियो । जिप्रकाबाट एक हजार ७१४, इलाका प्रशासन कार्यालय बाबियाचौरबाट एक हजार ५४ र प्रदेश निर्वाचन कार्यालयबाट एक हजार २९३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार