कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी निरन्तर लागिरहने छौं: वरिष्ठ नेता डा. शेखर कोइराला
यज्ञप्रसाद भट्टराई
पुस २२, २०७८ शुक्रबार ०:१३:१०
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको चौधौ महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वले आफ्नो कार्यभार सम्हाली सकेको छ । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले दिएको पहिलो अभिब्यक्तिबाट हौसिएका नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरु शुरुवातका उनकै गतिविधिहरुबाट सशंकित भएका छन् ।
देउवाले अब सिंगो र मजबुत कांग्रेस बनाउने र आफुलाई मत दिने र प्रतिस्पर्धी नेतालाई मत दिने दुबै नेपाली कांग्रेसकै नेताहरु भएकोले अब सबै नेता तथा कार्यकर्ताहरुको सभापति बनेर एकताबद्ध कांग्रेस बनाउछु भन्ने अभिब्यक्तिबाट हौसिएका कार्यकर्ताहरु उनकै झोले नेता तथा कार्यकर्ताहरुको मैतालु भित्र्याईबाट निराश भएका देखिएका छन् ।
सामान्य अवस्थामा समेत मिले जानु पर्ने र निकट भविष्यमा आउन लागेका चरणबद्ध निर्वाचनमा पार्टीलाई सशक्त रुपमा प्रस्तुत गराउनु पर्ने अवस्थामा ज्वाँईलाई ससुरालीको उपहार झैं गोजीबाट फुत्त फुत्त केन्द्रीय सदस्य वितरण गर्न थालेका छन् । त्यसबाट आम नेपाली कांग्रेसका ईमान्दार नेता तथा कार्यकर्ताहरुमा निराशा छाउन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सभापतिका उपविजेता डा. शेखर कोइरालाले महाधिवेशनमा आफ्नो तर्फबाट निर्वाचनमा सहभागी भएका नेताहरुको बैठक बोलाएका हुन ।
पार्टभित्र निराशाको बिजारोपण भयो भने यसले कालान्तरसम्म नकारात्मक सन्देश जानसक्ने बुझेर नै वरिष्ठ नेता डा. कोइरालाले यो भेला आयोजना गरेका हुन । यसलाई केही राजनीतिक बिश्लेषकहरुले कोइरालाले गुटको भेला गरे भनेर गलत बिश्लेषण समेत गरिरहेका छन् ।तर भेलामा डा. शेखरले दिएको अभिब्यक्तिले नेपाली कांग्रेसमा गुटगत समूह निर्माण हुने भन्दा पनि अझ बढी एकताबद्ध र क्रियाशील कांग्रेस बनाउन गरिने प्रयास र पार्टीलाई बिधिसम्मत रुपमा कसरी अगाडि बढाउने भनेर रा लिने काम भएको देखिएको छ ।
डा. शेखरले भेलामा दिएको बक्तब्यमा नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुर्याउन आफु लगायत सम्पूर्ण नेता तथा कार्यकताहरुको अभियानमा बिश्राम नलागेको बताएका छन् । पार्टीको १४ औं महाधिवेशनबाट केही साथीहरु जिम्मेवारीमा पुग्नु र केही साथीहरु पदीय जिम्मेवारीबाट बाहिर रहनु सामान्य कुरा रहेको बताएका छन् । जिम्मेवारीमा रहनु भएका साथीहरु मात्र हैन हामी सबैको काम र व्यवहारका बिषयमा आम कांग्रेस नेता तथा कार्यकर्ताहरुले अत्यन्तै नजिकबाट हेरिरहेकोले हामी अहिले पनि अग्निपरीक्षामा रहेको डा.शेखरले बताएका हुन ।
अत्यन्तै संतुलित अभिब्यक्ति दिएका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउन दिनु नहुने बताएका छन । यसको अर्थ पार्टीमा काम गर्ने निष्ठावान, ईमान्दार, त्यागी र सक्षम नेता तथा कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका बिरुद्ध पनि डटेर आवाज उठाउनु पर्ने अवस्था अझै पनि यथावत रहेको कुरा औल्याएका छन् ।कांग्रेस वरिष्ठ नेता कोइरालाले लोकतान्त्रिक पार्टी भित्र लोकतान्त्रिक प्रक्रिया अनुरुप नै राजनीतिक खेल खेल्नु पर्ने बताएका हुन ।
डा. शेखरले सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं भन्दै यसको रिफ्लेक्सन हाम्रा हरेक निर्णयहरुमा झल्किनु पर्ने बताएका हुन । पार्टी
संगठन र जनताको समर्थन प्रति अत्यन्तै चिन्तित देखिएका वरिष्ठ नेता डा.शेखरले पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरु हाम्रा लागि असहज हुनसक्ने कुरातर्फ समेत सचेत गराएका छन् । उनको चिन्ता छ, हाम्रो निणय प्रक्रियाले पार्टीमा उर्जाको सञ्चार गर्न नसके नेपाली कांग्रेस शिथिल हुनसक्छ ।
अत्यन्तै सन्तुलित र समय सापेक्ष भाषण दिएका डा. शेखरले पार्टी सभापतिले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहून्छ तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ?हामी जान्न चाहान्छौं भन्दै पार्टीमा न्यायोचित अवसरको वितरण र व्इवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ताहरु किन नेपाली कांग्रेसमा बस्ने भनि प्रश्न उठन सक्छ भन्दै सभापतिको लाईक र डिस्लाईकबाट ब्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुनसक्नेतर्फ समेत सभापतिलाई सचेत गराएका छन् । वरिष्ठ नेता डा. शेखर कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न किन नगर्ने ? प्रश्न गरेका छन् ।
नेपाली जनताको अत्यन्तै धेरै सहानुभूति र समर्थन पाएका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखरले भनेका छन्ः हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टीभित्र हुने सबै कार्यहरु न्याय संगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस भन्ने चाहान्छौं । यी बिषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ? मलाई लाग्छ हामी सक्छौं ।
जनप्रिय नेता डा. शेखर कोइरालाले अन्त्यमा भनेका छन्, साथीहरु, हाम्रा अगाडिका बाटाहरु सहज छैनन् तीन तहको निर्वाचन हाम्रा सामु छ । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौं । कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौ ।
कोइरालाले अगाडि भनेका छन्, हामी थाक्ने छैनौं, र बिश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौं । कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागि नै रहने छौं । तिनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा हामी कटिबद्ध छौं ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार