हिमपातले हिमाली बस्ति सेताम्य, जनजीवन कष्टकर
नेपालबहस संवाददाता
पुस २२, २०७८ शुक्रबार २:२५:१८
◊ खड्क सुनार
२२ पुस, मुगु । हिमाली जिल्ला मुगुमा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुनस् बुधबार रातिबाट दोश्रो पटक हिमपात भएको हो । जिल्लामा परेको दोश्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ्ग गाउपालिका का मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोट लगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
हिमपातले उच्च हिमाली बस्ति सेताम्य देखिएका छन् । एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुन हिमपात भएको स्थानीय मणिचन्द्र भामले बताए । हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ ।
उच्च क्षेत्रमा हिमपात भए पनि बेसीतिर झरी परेको छ । हिमपात र झरीले किसानहरु हर्षित भएका छन् । हिउँ परेपछि अन्नबाली फलफूल जडिबुटीको सप्रिने किसानहरुको भनाइ छ । हिमपातले लेकाली बस्तीका स्थानीयलाई आउजाउ गर्न, वस्तु चराउन र घाँस दाउरा ल्याउन भने मुस्किल भएको छ ।
जिल्लामा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि जिल्लामा सडकमार्ग लामो समयसम्म बन्द हुन पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार