साताको अन्तिम कारोवार दिन बुलिस प्रवृत्तिमा रहेको बजारको सम्भावित बाटो कस्तो होला ?
आर्थिक संवाददाता
पुस २३, २०७८ शुक्रबार १६:५८:५१
२३ पुस, काठमाडौं । तरलता बृद्धिसँगै त्यसको सकारात्मक प्रभाव नेपाली दोश्रो बजारमा परेको देखिन्छ । विगत केही महिनादेखि बियरिस प्रवृत्तिमा रहेको नेप्से परिसूचक केही दिन अघि सो वियरिस प्रवृत्तिलाई”ब्रेक आउट” गर्न सफल भएको थियो । बुधवार बजार करेक्सन हुँदा पनि बजार सो च्यानल भन्दा माथि नै बस्न सफल भएको छ ।
साताको अन्तिम कारोवार दिन विहिबार नेप्से परिसूचक ४३ दशमलव २९ अंक अर्थात १ दशमवल ६३ प्रतिशतले बृद्धि भएको छ । कारोवार रकम भने अघिल्लो कारोवार दिन भन्दा घटेको छ । अघिल्लो कारोवार दिन ४अर्ब ६२ करोडको शेयर कारोवार भएकोमा साताको अन्तिम कारोवार दिन ३ अर्ब ६७ करोड मात्र शेयर कारोवार भएको छ।
विहिबारको बजारको प्रवृत्ति हेर्दा शेयरबजार सो दिन बुलिस प्रवृत्तिमा रहेको थियो । बजार खुलेबाट नै बढ्दो प्रवृत्तिमा देखिन्थ्यो । बजारले माथिल्लो च्यानललाई तोडेर माथि गएदेखि नै बुलिस प्रवृत्तिमा रहेको देखिन्छ । बजारले अब तत्कालीन अवरोध २८५० को क्षेत्रमा प्राप्त गर्ने देखिएको छ।
बजारको आगामी सकारात्मक र नकारात्मक पक्षहरु :
सकारात्मक पक्ष :
- बजार बुलिश च्यानल भन्दा माथि बस्न सफल
- सीडी रेसियो धेरै समय पश्चात ९०% भन्दा मुनि आउँन सफल हुँदा लगानीकर्ताले तरलता सहज भएको आंकलन गरेका छन्।
- बिहीवार बजारको ईण्ट्राडे चार्ट बुलिस रहेको छ।
नकारात्मक पक्षहरु:
- बजारमा कारोवार रकम बृद्धि हुन सकेको छैन ।
- पुस मसान्तमा कर बापत धेरै रकम प्रणालीबाट सरकारलाई जाने भएकाले आगामी दिनमा विकास बजेटको भर पर्नु पर्ने देखिन्छ। यदि सोचे अनुसार विकास बजेट खर्च नभएको अवस्थामा बजारमा थप तरलता चाप पर्ने दखिन्छ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने कम्पनी :
सर्वाधिक गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार