‘लायन’मा अपहरणकारी भुमिकामा शाहरुख
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार १८:३:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/saharukh-khan_w65gLvgx9h.jpg)
२३ पुस, एजेन्सी । अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।
‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो । यसको अर्को सिक्वेन्स चेन्नईमा यो वर्ष खिचिनेछ । यद्यपि छोरा आर्यनको मुद्दा र भारतमा बढ्दो ओमिक्रोन लहरले सुटिङ पुनः सुरु हुन सकेको छैन ।
दक्षिण भारतीय फिल्म व्यापार विश्लेषक रमेश वालाका अनुसार चार वर्षअघि इधर र शाहरुखको भेट फिल्म ‘मरसल’ रिलिजपछि भएको थियो । शाहरुखलाई यो फिल्ममा थलापति विजयको काम र एटलीको निर्देशन कला मनपरेको थियो । त्यहीकारण शाहरुखले एटलीसँग सहकार्य गर्ने इच्छा देखाएका थिए ।
‘लायन’को सहनिर्मातामा करण जोहर छन् । करण दक्षिण भारतीय फिल्मका निर्माता र नयाँ स्टारप्रति सधैं चासो राख्छन् । रमेशले एटलीलाई कुनै पनि कलाकारलाई दोहोरो अथवा तेहोरो चरित्रमा देखाउन सक्ने क्षमता रहेको दाबी गरे ।
चेन्नईमा सुटिङ गरिने भनिएको फिल्म कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै हैदराबादको रामोजी स्टुडियोमा गर्ने तयारी भइरहेको छ । किनकि तेलंगानामा कोभिड प्रतिबन्धको प्रावधान केही नरम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार