ओमिक्रोन भाइरस : प्रदेश–२ का सीमानाकामा कडाइ, स्थानीय तहको तयारी शून्य
नेपालबहस संवाददाता
पुस २४, २०७८ शनिबार २१:२५:१
विशाल बस्नेत
२४ पुस, महोत्तरी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारांैको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमानाकामा कडाइ गरेका हुन् ।
प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडामगरले जानकारी दिए ।
अहिले प्रहरी कै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजिकरणमा पालिकाहरूमा हेल्प डेस्कसमेत सञ्चालन भैइरहेको छ । प्रदेश–२ को बाराबाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ ।
प्रदेश–२ का कतिपय स्थानीय तहहरूले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयको गुनासो छ ।
ओमिक्रोन भाइरसको जोखिम बढनुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ । डब्लुएचओले समेत सावधानी अपनाउन चेतावनी दिइरहेको बेला नेपालमा सरकारी तवरबाट रोकथामका लागि खासै योजना निर्माण हुन सकेको छैन ।
सुरक्षा निकायसँग पर्याप्त जनशक्ति भए पनि प्राविधिक कारणले प्रभावकारी परिचालन हुन नसकेको र यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टै योजना बनाउनु पर्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको सुझाव छ । अहिले हरेक जिल्लामा प्रहरीले नै मास्क र खोप अभियानलाईसमेत तीव्र बनाइरहेको छ । प्रहरी कै पुरानो अभियानअन्तर्गत मास्क खै रु र खोप लगाउनु भयो रु भन्ने अभियान चलाइरहेका छन् ।
सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका प्रदेश–२ मै छन् । आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमीटर मोटरबाटो र करिब पाँच सय ५७ ठाउँका गल्लीवाट नेपाल–भारत आवतजावत हुन्छ ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायवाट बेवास्ता हुनुलाई सर्वसाधारणले संसयपूर्ण ढङ्गले हेरेका छन् ।
प्रमुख जिल्ला अधिकारीले पनि यी विषयमा खासै योजना बनाउन नसकेको स्थानीयको आरोप छ । यद्यपि, आइतवार बैठक बसेर नयाँ योजना बनाउने सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ ।
महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बासुदेव बरालले महोत्तरीसहित प्रदेश–२ का जिल्लामा खुला सीमाका कारण सजगता अपनाउनु पर्ने बाध्यता रहेको बताए । आइतबार सबै निकायहरूसँग बैठक बसेर रोकथाम तथा न्यूनीकरणका लागि योजना बनाउने उनले जानकारी दिए । प्रदेश–२ अन्तर्गतका जिल्लाका खुला सीमाना तथा भन्सारमा मात्र कडाइ गरे कोरोना भाइरसको जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
नेप्से दोहोरो अंकले घट्यो, चार अर्ब भन्दा बढीको कारोबार
असार १२, २०८१ बुधबार
रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन
असार १२, २०८१ बुधबार
संसदीय छानबिन समितिले माग्यो गोरखा मिडिया नेटवर्कमा लगानी गरेका सहकारीको कागजात
असार १२, २०८१ बुधबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार