सूर्यवंशी’ को फाइनान्स कम्पनी ‘ब्लूचिप’ नेपाली फिल्म बनाउन तयार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २४, २०७८ आइतबार ०:३३:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/bluechip-1_SMkX3fgIAW.jpg)
२४ पुस, काठमाडौं । बलिउड फिल्महरु ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ ।
शनिवार ९पुष २४ गते० राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।
‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने:, ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’ उनले आफूले नेपाली फिल्म ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे ।
नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उनको भनाई छ । पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए । ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ,’ सिइओ सोनीले भने ।
दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा। प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सह(प्रायोजकको रुपमा जोडिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार