माओवादी नेताहरुलाई कोभिडः पदाधिकारी चयन राष्ट्रियसभाको निर्वाचनपछि मात्रै
नेपालबहस संवाददाता
पुस २५, २०७८ आइतबार १७:८:५९
२५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सकिएको तीन साता पुग्न लाग्दा पनि पदाधिकारी चयन हुन सकेको छैन । राष्ट्रियसभाको निर्वाचनलाई कारण देखाएर पुस २५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक अनिश्चितकालका लागि सरेको छ । पदाधिकारी चयनमा प्रचण्डलाई सकस भएपछि केन्द्रीय कमिटीको बैठक राख्न आनाकानी गरेका प्रचण्डले राष्ट्रियसभाको निर्वाचनलाई देखाएर पर धकेलेका थिए ।
चीनबाट स्थायी कमिटी सदस्य वर्षमान पुन नेपाल आइनपुग्दासम्म केन्द्रीय कमिटीको बैठक नराख्ने सोचाई बनाएका प्रचण्डलाई राष्ट्रियसभाको निर्वाचन मितिले सहज बनाईदिएको थियो । हाल अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, लगायतका अधिकांश नेताहरुलाई कोरोना संक्रमण भएको छ । यसले गर्दा केन्द्रीय कमिटीको बैठक राख्ने, पदाधिकारी चयन अब राष्ट्रियसभा निर्वाचनपछि मात्र हुने भएको छ । अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन नगरी बसेको माओवादी केन्द्रले पुस २५ को केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्ने बताएको थियो ।
तर अन्तिम समयमा आएर माओवादी केन्द्रले पार्टीको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको थियो । ‘२५ गते बोलाईएको केन्द्रीय समितिको बैठक तत्काललाई स्थगित गरिएकाले अर्को बैठकमा मात्रै पदाधिकारीहरु चयन हुनेछ’, माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले भने । उनका अनुसार अर्को वैठक अब कहिले बस्छ भन्ने केही जानकारी छैन ।
महाधिवेशनमा आएका धेरै जसो नेताहरुमा कोभिड संक्रमण देखिएकाले पनि उनीहरुलाई आराम गर्न दिइएको छ । ‘केन्द्रीय सदस्यहरुमा पनि कोभिड संक्रमण देखिएको छ’, कार्यालय सचिव ढकालले भने । अधिकांश प्रतिनिधिहरु पनि विरामी रहेको माओवादीले जनाएको छ ।
झण्डै एकसय जना विरामी भएका छन् । ती मध्ये धेरैलाई कोभिड संक्रमण देखिएको माओवादीले जनाएको छ । तत्काल केन्द्रीय कमिटी बैठक स्थगित भएपछि अर्को बैठक राष्ट्रियसभाको चुनावपछि मात्र हुन सक्ने सम्भावना रहेको माओवादीका एक केन्द्रीय सदस्यले बताए । राष्ट्रियसभा चुनाव माघ १२ गतेका लागि तय भएको छ ।
पार्टीका केन्द्रीय नेताहरु उर्मिला अर्याल, सुरेश आलेमगर, जगत पार्की लगायतका केही नेताहरु अहिले चुनावका उम्मेदवार छन् । चुनावी तयारीमा पार्टी र यसका नेताहरु जुटनु पर्ने भएकोले पनि अब अर्को केन्द्रीय कमिटिको वैठक चुनाव पछि मात्र हुने र त्यसपछि मात्र पदाधिकारी चयन हुने माओवादीले जनाएको छ । माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
त्यसपछि पुस २० गते बसेको निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको थियो । पदाधिकारी मध्ये महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, देव गुरुङ लगायतले दावी गरेपछि प्रचण्ड अप्ठेरोमा परेका थिए । नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा मध्ये एकजना वरिष्ठ उपाध्यक्ष हुने तथा हरिबोल गजुरेल, पम्फा भूषाल उपाध्यक्ष हुने र देवेन्द्र पौडेल र राम कार्की उपमहासचिव हुने तय भैसकेको छ भने अन्य पदाधिकारीको विषय भने अझै विवादमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार