दुलही खोज्न सडक छेउछाउ बिलबोर्डमा विज्ञापन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २५, २०७८ आइतबार १९:५८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/bihe_enSDGpJTyi.jpg)
२५ पुस, एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ दुलही खोज्न लन्डन र बर्मिङ्गमका सडकछेउछाउ बिलबोर्डमा विज्ञापन राखिएको कुराले । तर यो सत्य हो । यूकेमा एक अविवाहित युवकले ठट्यौलो पाराका सन्देशसहित आफू दुलहीको खोजीमा रहेको भन्दै ठूलाठूला बिलबोर्डमा विज्ञापन गरेका छन्।
उनन्तीस वर्षीय मोहम्मद मलिकले युवतीहरूलाई आफू विवाह गर्ने विचारमा रहेको सन्देश दिन लन्डन र बर्मिङ्गममा त्यस्तो विज्ञापन गरेका हुन्।सडकछेउछाउ राखिएका विज्ञापन गर्ने ठूला बोर्डमा उनको हँसिलो तस्बिरसहित ूमलाई मागी बिहेबाट जोगाऊू लेखिएको छ।
आफू परम्परागत मागी विवाहको विपक्षमा नरहे पनि पहिले ‘आफैँले खोजेर कसैलाई फेला पार्ने’ प्रयास गरेको उनले बताएको बीबीसीमा उल्लेख गरिएको छ । समाचारमा जनाइए अनुसार लन्डनमा बस्ने मलिक ब्याङ्कमा परामर्शदाताका रूपमा काम गर्छन्। उनले अहिलेसम्म श्रीमती खोज्ने आफ्नो प्रयास उपलब्धिविहीन रहेको बताएका छन्।
अब एउटा विशेष वेबसाइट indmalikawife.com बाट दुलही खोज्ने अभियान जारी राख्ने उनको योजना छ। शनिवार बिलबोर्डमा विज्ञापन गरेपछि चासो देखाउँदै सयौँ सन्देश आएको उनले बताए।
मलिकले बिलबोर्डमा विज्ञापन गर्नुअघि महिलाहरू भेट्न अरू तरिका प्रयोग गरेको समेत बताएका छन् । त्यसपछि उनले जोडी खोज्न प्रयोग गरिने डेटिङ एप र केही डेटिङ कार्यक्रमको पनि सहारा लिए। तर ती दुवै आफूलाई अत्यासलाग्दा लागेको बताएका छन् ।
अन्त्यमा उनका एक साथीले उनलाई आफ्नो विज्ञापन गर्न सुझाव दिए। मलिक भन्छन्, ‘मैले सोचेँः किन नगर्ने ? त्यसमा खराबी नै के छ र ?’ उनले राखेका बिलबोर्ड जनवरी १४ सम्म रहनेछन्। मलिकले आफूलाई इस्लाम धर्ममा आस्था भएकी र परिवारसँग हाँसोठट्टामा पनि मिल्न सक्ने हुनुपर्ने बीबीसीसँग बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
माघ ९, २०८१ बुधबार
नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सुरु, ३० वर्ष माथिका नागरिकलाई प्राथमिकता दिइने
फागुन १, २०८१ बिहिबार
घोराही–तुलसीपुर सडक विस्तारका लागि करिब ४ अर्बको ठेक्का आह्वान
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
बिहीबार तोलामा २३ सयले बढेर १ लाख ७० हजार नजिक पुग्यो सुनको मूल्य