किन बृद्धि हुँदैछ बजार ? “अल टाइम हाई” पुग्नु अघि अबको तत्कालीन प्रतिरोध कहाँ ?
आर्थिक संवाददाता
पुस २५, २०७८ आइतबार २३:३०:५
२५ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय दुवै निकाय तरलता व्यवस्थापनको लागि सकारात्मक भएसँगै दोश्रो बजार निरन्तर वृद्धि हुँदैछ। नेप्से परिसूचक साताको पहिलो कारोवार दिन आइतबार ७३ दशमवल ०५ अङ्कले वृद्धि हुँदै २७६५ दशमवल ५१ को विन्दुमा बन्द भएको छ । नेप्से परिसुचक २ दशमलव ७१ प्रतिशतको वृद्धि हुँदा नेप्सेमा ७ अर्ब १० करोड भन्दा धेरैको कारोवार भएको छ । अघिल्लो कारोवार दिन ३ अर्ब ६८ करोडको मात्र कारोवार भएको थियो ।
तरलता वृद्धिसँगै सीडी अनुपात ९० भन्दा मुनि देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार सीडी ८९ दशमलव ३९ पुगेको छ। यसको अर्थ लामो समयदेखि कर्जा प्रवाह गर्न नक्सने अवस्थामा पुगेका वित्तीय संस्थाहरु अब भने थोरै भए पनि कर्जा दिन सक्ने अवस्थामा पुगेका छन् ।
जसको सकारात्मक मनोविज्ञान दोश्रो बजारमा परेको देखिन्छ। त्यस्ता कोरोना वृद्धि हुँदै गएको क्रममा पुन लकडाउन हुने हल्लाले पनि विगतको ट्रेन्ड हेरेर बजारमा लगानीकर्ताले पैसा लगानी गरेको बुझ्न सकिन्छ । जसको कारणले आज बजारमा कारोवार रकम एक्कासी वृद्धि भएको छ।
बजार बुलिस प्रवृत्तिमा नै रहेको छ । बजारले अब तत्कालीन प्रतिरोध २८१० देखि २८२० को क्षेत्रमा प्राप्त गर्ने देखिन्छ । त्यसपछि बजारको अर्को प्रतिरोध २८६० को क्षेत्र र अर्को प्रतिरोध २९८० को क्षेत्रमा पर्ने देखिन्छ।
आजको बजारमा ट्रेडिङ्ग उपसुचकमा आकर्षक वृद्धि देखिएको छ। ट्रेडिङ्ग उपसुचक सर्वाधिक ६ दशमवल ०८ प्रतिशतले वृद्धि भएको छ भने दोश्रोमा विकास बैंक उपसुचकमा ५ दशमवल ४९ प्रतिशतको वृद्धि देखिएको छ । १३ उपसुचक मध्ये आज कुनै पनि उपसुचकमा गिरावट आएको छैन । यसको मतलव आजको वृद्धिलाई सम्पूर्ण क्षेत्रले साथ दिएको छ।
सर्वाधिक कारोवार हुने कम्पनी:
सर्वाधिक कमाउने कम्पनी :
सर्वाधिक गुमाउने कम्पनी :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार