वर्षाका कारण आठ करोडको इँटा नष्ट

नेपालबहस संवाददाता
पुस २५, २०७८ सोमबार ३:२०:१८

२५ पुस, भैरहवा । बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घ भैरहवाका अनुसार गत हप्ता परेको वर्षाले रुपन्देहीका ४७ वटा इँटा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो ।
वर्षाका कारण जिल्लाका सबै इँटा उद्योगमा क्षति पुगेको लुम्बिनी इँटा व्यवसायी संघले जनाएको छ । यी उद्योगमा रहेका तीन करोड २५ लाख गोटा काँचो इँटा नष्ट भएको उद्योगीहरूको भनाइ छ ।
वर्षाका कारणले गलेर इँटा नष्ट हुँदा अहिले मात्रै रु आठ करोडभन्दा बढीको नोक्सानी इँटा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इँटा व्यवसायी सङ्घ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए ।
अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सानी भएको उनको भनाइ छ । काँचो इँटाको बीमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको व्यवसायीहरुको माग रहेको छ । रुपन्देहीमा उत्पादन हुने इँटाहरू जिल्लासँगसँगै पाल्पा र स्याङ्जामा बिक्री हुने गरेको छ ।
मंसिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय भएको र त्यसपछिको छ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा इँटाको अभाव हुन नदिन आफूहरू लागिपरेको सङ्घले जानकारी दिएको छ ।
अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाइ हुने देखिएको छ । रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब रु १० अर्ब लगानी छ भने आठ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार