खोप लगाएका बालबालिकामा भविष्यमा रोगको जोखिम कम
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार १७:५५:३५
२६ पुस, एजेन्सी । बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ ।
सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो ।
बालबालिकामा खोपको असर, उनीहरुको अस्पताल भर्ना, मृत्यु, जटिलतालगायतका विषयहरुमा गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरुले बालबालिका र वयस्कमा महामारी विज्ञानसम्बन्धी मोडल प्रयोग गरेका थिए । अध्ययनअनुसार पाँचदेखि ११ वर्षका बालबालिकामा खोपसँग सम्बन्धित मायोकार्डाइटिस र एनाफाइल्याक्सिसको समस्या निकै दुर्लभ देखिएको छ ।
‘खोप लगाएका बालबालिकामा भविष्यमा अन्यको तुलनामा रोगको जोखिम कम देखिएको छ,’ ग्रिफिफ्थ युनिभर्सिटीका प्राध्यापक मिसेल गुडले भने । अस्ट्रेलियामा यस वर्ष विद्यालय सुरु हुनुअघि खोप लगाउन योग्य २३ लाख बालबालिकाहरुलाई कोभिड खोप दिने तयारी भइरहेको छ ।
खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने अध्ययनमा उल्लेख छ । पछिल्लो समय अस्ट्रेलियामा औषतमा दैनिक एक लाख जनामा कोभिड संक्रमण देखिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । संक्रमण बढे पनि सरकारले तत्काल लकडाउन नगर्ने संकेत गरेको छ । यद्यपी, केही प्रतिबन्ध भने लागू गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
साहारा सहकारी ठगीमा सम्लग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार