पीएम कप : १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायो
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार १८:५७:१५
२६ पुस, काठमाडौं । कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो ।
आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुको कारणबारे कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको कर्णालीलाई आर्मीले ११७ रनको लक्ष्य दिएको थियो । विजयीलक्ष्य पछ्याएको कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन र कप्तान रवीन्द्र शाहीले १५ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
आर्मीको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक चार विकेट लिए । सुशन भारीले र साहव आलमले दुई(दुई विकेट तथा सोमपाल कामी र विक्रम सोवले समान एक विकेट लिए ।
यसअघि, टस हारर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाएर ११६ रनको योगफल तयार गरेको थियो । अन्तिम ओभरमा नौ विकेट गुमाएको आर्मीका सानु तामाङ रिटायर हर्ट भएका थिए । आर्मीका लागि ओपनर कामी नौ र हरि चौहान २१ बलमा तीन चौकासहित २० रन बनाएर पेभिलियन फर्किएका थिए ।
यस्तै, कप्तान विनोद भण्डारिले १७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २९ रन बनाए । रोहित पौडेल र कुशल मल्लले समान १० रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । अनुज चुनरा दुई तथा दिनेश अधिकारि, रवीन्द्र शाही र राज शाहले समान एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी
मंसिर २८, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार