कोरोना भाइरस संक्रमण सरेको कसरी थाहा पाउने ?
नेपालबहस संवाददाता
पुस २६, २०७८ मंगलबार ३:०:४८
२६ पुस, काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट क्रमशः विश्वभरि फैलिरहेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको अत्यधिक सङ्क्रामक मानिएको यो भेरियन्ट अहिले नेपालसहित विश्वका १०० वटाभन्दा बढी देशरूमा पुगिसकेको छ।
विश्वभरि फेरि संक्रमितको सङ्ख्या बढ्न थालेको छ। युरोप र अमेरिकापछि एशियाली मुलुकहरूमा कोभिड तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक साताअघिसम्म २.६ प्रतिशतमा रहेको संक्रमण दर तीनगुनाले बढेको छ ।
सोमबार मात्र देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो ।
कतिपय मानिसहरू अझै पनि परीक्षणको दायरामा नआएको बताइन्छ। मानिसहरूलाई कोभिडसँग मिल्दो लक्षण देखिएपछि के गर्ने भन्ने अन्योल हुने गरेको छ। कोरोना भाइरसबाट संक्रमित भएको शङ्का लागेमा के गर्नुपर्छ त ?
बीबीसी ब्रजिलका आन्द्रे बिएर्नाथले तयार पारिएको केही कोरोना टिप्स यस प्रकार रहेका छन् ।
१. परीक्षण गर्नुहोस्
ब्रजिलको सङ्क्रामक रोग विशेषज्ञहरूको समूह एसबीआईका अध्यक्ष डा। जोस डेभिड अरेबिज ब्रिटो कोभिड भएको हो वा होइन थाहा पाउन यसको पहिचान गर्नु अत्यावश्यक भएको बताएका छन् । “सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सिँगान बग्ने, घाँटी दुख्ने जस्ता लक्षण देख्नेबित्तिकै गर्नुपर्ने काम नै रोगको पहिचान गर्नु हो,” उनी भन्छन्।
यस्तो अवस्थामा पहिले परीक्षण गराउनुपर्छ। जसले गर्दा तपाईँलाई कोरोना भाइरस संक्रमण वा मौसमी रुघाखोकी मात्रै हो थाहा पाउन मद्दत पुग्छ। कोभिड पहिचानका लागि एन्टिजन वा आरटी(पीसीआर परीक्षण गराउन सकिन्छ। यदि तपाई अरू संक्रमित व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने पनि सबैभन्दा पहिले परीक्षण गराएर आफूलाई कोरोना भए नभएको पक्का गर्नुपर्छ।
२. अलग्गै बस्नुहोस्
कोरोना भाइरस संक्रमित व्यक्तिको थुक वा सिँगानका छिटा वा र्यालको कणमार्फत् नजिकै रहेका अरू मानिसमा सर्न सक्छ। संक्रमित व्यक्तिले मुख नछोपी वा मास्क नलगाई हाच्छ्युँ गर्दा वा खोक्दा र नजिकै रहेका वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वस्थ मानिसलाई सङ्क्रमण सर्ने सम्भावना हुन्छ।
त्यसैले यदि तपाई कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ भने आफू वरपरका मानिसबार विचार गर्दै उनीहरूबाट टाढा बसेर आफू ‘आइसोलेसनमा’ हुनु सबैभन्दा उत्तम हो। सम्भव छ भने अझै संक्रमित व्यक्तिले छुट्टै शौचालय प्रयोग गर्नुपर्छ। संक्रमित व्यक्तिगत आवश्यकताका सामान पनि अरू व्यक्तिले प्रयोग गर्ने वस्तुसँग राख्नु हुँदैन। संक्रमित व्यक्ति कति समयसम्म आइसोलेशनमा बस्नुपर्छ भन्नेमा विज्ञहरूको फरकफरक धारणा छ।
३. नजिकको सम्पर्कमा आएका मानिसहरूलाई जानकारी दिने
तेस्रो महत्त्वपूर्ण काम तपाईसँग विगत १४ दिनयता नजिकको सम्पर्कमा आएका मानिसहरूलाई तपाईलाई संक्रमणको शङ्का लागेको वा संक्रमण पुष्टि भएको फोन गरेर वा सन्देश पठाएर जानकारी दिनुपर्छ उनीहरूलाई पनि परीक्षण गराउन सल्लाह दिनुपर्छ।
तपाईले जानकारी दिनुभयो भने उनीहरू लक्षणबारे अझ सतर्क हुन्छन् र कोभिड परीक्षण पनि गराउँछन्। यसबाट उनीहरू मात्रै सुरक्षित हुँदैनन् वरपरका मानिसहरूलाई सर्नबाट समेत जोगाउन सक्छन्।
४. लक्षणबारे ख्याल गर्नुहोस्
सुरुको अवस्थामा कोरोना भाइरस संक्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झाडापखालाको लक्षण हुन्छ। अनि क्रमश जीउ दुख्ने समस्या अत्यधिक लक्षणहरू बढ्दै जान्छन्।
५. आराम गगर्ने, शरीरमा पानीको मात्रा कमी हुन नदिने
कोरोना भाइरस संक्रमण भएको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा सावधानी अपनाउनु पर्ने विज्ञले बताएको बीबीसीले जनाएको छ । उनीहरूले कोभिडको उपचार गर्ने भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरू सेवन नगर्न पनि सुझाव दिएका छन्।
कोभिड महामारी बढ्दै गएपछि संक्रमणको उपचारका लागि केही औषधिहरू चर्चामा आए। तीमध्ये हाइड्रोक्सीक्लोरोक्वाइन, आइभर्मेक्टिन र निटाजोक्सनाइडजस्ता औषधिको कोभिड संक्रमणविरुद्ध कुनै प्रभावकारिता देखिएन।
६. निको भएपछि कोभिड खोप लिनुहोस्
कोभिडबाट पनि मानिसहरूमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास हुन्छ। तर पनि त्यसलाई सुदृढ बनाउन कोभिड १९ विरुद्धको खोप लगाउनुपर्ने चिकित्सकको सल्लाह छ। यसका लागि एक पटक चिकित्सकको परामर्श लिन उपयुक्त हुने उनीहरू बताउँछन्। किनभने रिपोर्टमा संक्रमण देखिएको भोलिपल्टै खोप लिनु हुँदैन।
ब्रजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण देखिए वा संक्रमण पुष्टि भएको ३० दिनपछि मात्रै खोप लगाउन उपयुक्त हुने भनिएको छ। नेपालमा पनि कोभिड भएको एक महिनापछि मात्रै खोप लगाउन चिकित्सकहरूले सुझाव दिने गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
कीर्तिपुरको नगरप्रमुख बन्न उम्मेदवारी दिएका २० जना कसैले पनि फिर्ता लिएनन् नाम
मंसिर ५, २०८१ बुधबार
तिलकले आईसीसी वरीयतामा सूर्यकुमारलाई पछि पार्दै आफ्नो स्थान कब्जा गरे
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु
मंसिर ५, २०८१ बुधबार