वुमा खुला कराँते प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
पुस २६, २०७८ मंगलबार ३:७:२
२५ पुस, काठमाडौं । नपाल गोजु काई कराँते डो संघको आयोजनामा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ ।
प्रतियोगितामा महिला र पुरुषको १०र१० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । २० जिल्ला तथा डोजोहरूबाट २ सय ९ खेलाडीको सहभागिता रहेको यो प्रतियोगितामा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६० केजीमाथि खुल्ला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
कातातर्फ पुरुष र महिला टिम प्रतिस्पर्धा हुनेछ । यसपल्ट भेट्रान्स प्रतियोगिता पनि समावेश गरिएको छ । शारीरिक रूपमा फिट रहेका ४० वर्ष नाघेका खेलाडीहरूका लागि यो विधा थपिएको प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।
चाबहिल चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगितामा सोमबार पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा आयुश राई (आनन्दनगर डोजों)ले स्वर्ण जिते । उनले फाइनलमा सोनाम तामाङ (मित्रपार्क डोजो)लाई पराजित गरेका हुन् । ३५ केजीमुनि अविजित पहारी (नागार्जुन डोजो)लाई हराएर अनायन मानन्धर (ठैब डोजो)ले स्वर्ण जिते ।
४० केजीमुनिमा रोजन तामाङ (शंखडोल एकेडेमी)ले स्वर्ण जित्दा अन्मेष थेबे (मित्रपार्क डोजो) रजतमा सीमित भए । ४५ केजीमा विकेश मोक्तान (जोरपाटी डोजो)ले स्वर्ण जिते । उनले फाइनलमा सुनिल ठगुन्ना (साउथ भ्याली स्कुल)लाई हराए । ५० केजीमा विनोद श्रेष्ठ (मानसिंह डोजो) स्वर्ण तथा मिलन तामाङ (नेपाल हायसी–हा कराँते)ले रजतमा चित्त बुझाए ।
महिलातर्फ ३० केजीमा अनु मोक्तान (मानसिंह डोजो)ले स्वर्ण जित्दा बिलासा पहारी (नागार्जुन डोजो) रजतमा सीमित भइन् । ३५ केजीमा अस्मिता मोक्तान (आनन्दनगर डोजो)ले स्वर्ण र कुन्साङ राई (मित्रपार्क डोजो)ले कांस्य जितिन् ।
यसअघि प्रतियोगिताको उद्घाटन महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले उद्घाटन गरेका थिए । वर्ल्ड युनाइटेड मार्सल आर्ट (वुमा) अन्तर्गत रहेको गोजु काई कराँतेको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितालाई काठमाडौं महानगरपालिकाले प्रायोजन गरेको हो । उनले राष्ट्रिय स्तरमा व्यवस्थित प्रतियोगिता आयोजना गरेकोमा संघलाई धन्यवादसमेत दिएका थिए ।
२०५८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको यो संघले हरेक वर्ष दुईदेखि तीन वटासम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले १० लाख रुपैयाँ प्रायोजन गरेको छ ।
‘कराँतेको एउटा विधा गोजु काईका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा पनि उच्चस्तरको सफलता हासिल गरिसकेका छन् । सन् २०१३ मा आयोजित विश्व च्याम्पियनसिपमा नेपालका निश्चल गुरुङले स्वर्ण जितेका थिए । एसियन प्यासेफिक च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जितिसकेको छ । नेपालले जापानमा हुने आसन्न विश्व च्याम्पियनसिप र ताइवानमा हुने एसियन प्यासेफिक च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार