म्याग्दीको मङ्गलामा अस्पताल निर्माण गरिँदै
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १३:४७:५९
२८ पुस, म्याग्दी । मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो ।
मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए । “आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको हो”, उनले भने, “आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”
भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछन् । विसं २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए।
अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मङ्गलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन् ।
धवलागिरि गाउँपालिकाले ताकममा र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल निर्माण सुरु गरेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०–७० लाख तथा रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५–८५ लाख बजेट विनियोजन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार