क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदन : भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १४:२३:२१
कुलप्रसाद काफ्ले
२८ पुस, चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ ।
रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो ।
महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न शघन शहरी विकास आयोजना र आर्थिक प्रगति मूल्याकंन गर्न नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो । प्रारम्भिक मूल्याकंन प्रतिवेनदअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत छ ।
रंगशाला निर्माणमा हालसम्म ५१ करोडबढी खर्च भएको देखिन्छ । दुई वटै प्रतिवेदन भरतपुर महानगर प्रमुख रेनु दाहालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाएकी छन् । रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ ।
महानगरले प्रारम्भिक प्रतिवेदन पेश गरेपनि उक्त प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले अन्तिम रुप दिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘फाइनल मूल्यांकन मन्त्रालयले पनि गर्न सक्छ । हामीलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार चाँहि भौतिक प्रगति १४ प्रतिशत छ’, उनले भने, ‘त्यो प्रतिवेदन मेयरसापले मन्त्रालयमा लगेर पेस गरेका छन् ।’
महानगरले बुझाएको प्रतिवेदनमा मन्त्रालयको चित्त नबुझे मन्त्रालय आफैले पनि मूल्याकंन गर्न सक्ने उनको भनाइ छ । सघन शहरीले तीन दिन अगाडि महानगरलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो । आर्थिक मूल्यांकनका लागि महागनरले नेपाल चार्टड् एकाउन्टेड संस्थालाई जिम्मा दिएको थियो । संस्थाले आठ दिनअगाडि नै आर्थिक मूल्यांकनको प्रारम्भिक प्रतिवेदन महानगरलाई दिएको हो ।
दुवै निकायले बुझाएको प्रतिवेदनमा प्रारम्भिक भनिएको उनले बताए । नेपाल चार्टड् एकाउन्टेडको प्रारम्भिक प्रतिवेदन अनुसार ५१ करोड बढी खर्च भएको देखिएको उनले बताए । रंगशाला निर्माणमा लागेको ऋणको विषयमा भने मन्त्रालयले अध्ययन गरिरहेको उनको भनाइ छ ।
‘प्रारम्भिक रुपमा ५१ करोडभन्दा केहि बढी खर्च भएको देखिन्छ । वित्तिय प्रगति हेर्न बाँकी छ । ऋण कति रहेछ भनेर स्वतन्त्र अडिटले तयार गर्ने प्रतिवेदनसँग भिडाउन बाँकी छ’, उनले भने, ‘छिटो गरौँ भनेको भएर प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा पठाइहाल्यौँ । ऋणलगायतका कुरा निकाल्न बाँकी छ ।’ बाँकी कामको विषयमा सरकारले नै निर्णय गर्न सक्ने उनले बताए ।
अनुमानित तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा हालसम्म ५४ करोडभन्दा बढी खर्च भइसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको दाबी छ । ५४ करोडमा १७ करोडजति त ऋण नै रहेको उनले बताए । फाउण्डेशनले महानगरलाई स्वामित्व ग्रहण गरिदिन भनेर लेखेको पत्रमा रंगशालाको भौतिक प्रगति ३५ प्रतिशत छ ।
रामपुरमा ३० हजार क्षमताको रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिका र फाउण्डेशनबीच १६ माघ २०७५ मा सहमति पत्रमा हस्ताक्षर भएको हो । जनस्तरबाट आर्थिक संकलन गरेर रंगशाला निर्माण गर्ने फाउण्डेशनको योजना थियो । यसबीचमा सिर्जित कोरोना महामारीका कारण पर्याप्त आर्थिक संकलन हुन सकेन ।
रंगशाला बनाउन महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग २० बिघा छ कठ्ठा जग्गा लिएको हो । सहमति पत्रमा हस्ताक्षर भएको दुई वर्षभित्र रंगशाला निर्माण सम्पन्न हुने बताइएको थियो ।
फाउण्डेशनका अनुसार रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । रंगशालाको लागि ४० हजार जनाभन्दा बढीले आर्थिक सहयोग गरेका फाउण्डेशनले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार
अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने छु : राष्ट्रपति युन
मंसिर २७, २०८१ बिहिबार
इरानमा हिजाब सम्बन्धी नयाँ कानून लागू, उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार