दश सूचकांकहरु:- जसले एनआईसी एशिया बैंकलाई बनायो एक नम्बरको वाणिज्य बैंक
आर्थिक संवाददाता
पुस २८, २०७८ बुधबार १७:५९:४९
२८ पुस, काठमाडौं । बैंकिङ क्षेत्रमा आक्रामक व्यवसाय बृद्धि गर्दै छोटो अवधिमा धेरै भन्दा धेरै जनतालाई आफुप्रति केन्द्रीत गर्न सफल एनआईसी एशिया बैंक वित्तीय रुपमा पनि एक नम्बर बन्न सफल भएको छ । दोश्रो त्रैमास नजिकै आउँन लाग्दा धेरैले एनआईसी एशिया बैंकको वित्तीय प्रतिवेदनलाई चासोको रुपमा पर्खिरहेको बेला कम्पनीको प्रथम त्रैमासको तथ्यांकहरुलाई केलाँएर हेर्दा बैंक निकै लामो यात्रामा हिडेको देख्न सकिन्छ, जुन यात्रा जसले नेपाली बैंकिङ प्रणालीमा तरङ्ग स्थापना गर्ने सम्भावना देखिएको छ ।
वाणिज्य बैंकहरु मध्ये विभिन्न दश महत्त्वपूर्ण सूचकांकहरुमा एनआइसी एशिया बैंकले आफुलाई अब्बल रुपमा स्थापित गर्दै निकट भविष्यमा निकै ठूलो सफलता तय गर्ने मार्गमा लागेको देखिन्छ । बैंकको व्यवसायलाई मापन गर्ने निक्षेप संकलन र कर्जा प्रवाह, आम्दानीलाई मापन गर्ने संचालन मुनाफा र खुद मुनाफा, शेयरधनीको नजरबाट मापन गर्दा प्रतिशेयर आम्दानी र स्व-पुँजीमा प्रतिफल र बैंकिङ संजाललाई मापन गर्ने शाखा कार्यालय, एटीएम र ग्राहक संख्यामा बैंक अब्बल देखिएको हाे ।
हाल एनआईसी एशिया बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल र विजया स्वार रहेका छन् ।
३८ वर्षमै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल रोशनकुमार न्यौपानेले आफ्नो कार्यकालको छोटो समयमै एनआईसी एशिया बैंकलाई विभिन्न प्रमुख वित्तीय सूचकहरुमा १ नम्बर बैंक बनाउन सफल भएका छन् । चार्टड एकाउण्टेण्ट न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैंकले विभिन्न दश शीर्षकमा पहिलो बैंक बन्न सफल भएको हाे । त्यस्तै बैंक उच्च व्यवस्थापनमा सुदिरनाथ पाण्डे नायव प्रमुख कार्यकारी अधिकृत छन् ।
बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटन सफल यस बैंक पहिलो त्रैमाससम्ममा आफ्नो व्यवसाय विस्तारमा निकै अब्बल देखिएको छ । बैंकको कर्जामा वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत अर्थात ७४ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. २ खर्ब ७७ अर्ब त्यस्तै निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा २६ दशमलव ९९ प्रतिशत अर्थात रू ६५.२९ अर्बले वृद्धि गरी कुल निक्षेप संकलन रू. ३ खर्ब ११ अर्ब पुर्याउन सफल भएको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा बैंक सबै वाणिज्य बैंक भन्दा अघि देखिएको छ।
प्रथम त्रैमाससम्म बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।बैंकको स्व–पुँजीमा प्रतिफल (ROE) २१ दशमलव ३९ प्रतिशत, वार्षिक प्रतिशेयर आम्दानी रू. ३९ दशमलव ६५ रहेको छ । स्व–पुँजीमा प्रतिफल र वार्षिक प्रतिशेयर आम्दानी शेयरधनीको नजरबाट हेर्दा निकै महत्वपूर्ण सूचकमा रुपमा हेरिदै आएको छ । स्व–पुँजीमा प्रतिफलमा सबै वाणिज्य बैंक मध्ये बैंक एक नम्बरमा छ भने वार्षिक प्रतिशेयर आम्दानीमा बैंक निजी क्षेत्रका अन्य बैंकहरु मध्ये पनि एक नम्बरमा छ।
बैंकको उच्च व्यवस्थापनको कुशलताको कारणले गर्दा कोभिड –१९ को असहज अवस्थाको कारण विश्व अर्थतन्त्रमा चाप परेको बेला र यस्तो विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल देखिन्छ । आक्रामक व्यापार गर्दै गर्दा बैंकहरुको मुख्य समस्या भनेको खराब कर्जा देखिन्छ ।
हाम्रो बैंकिङ प्रणालीको विगतका उदाहरण हेर्दा पनि जोखिमलाई ध्यान नदिएर आक्रामक कर्जा प्रवाह गर्दा चुलिएको खराब कर्जाले बैंकनै टाट पल्टिने अवस्थामा पुगेका थिए । बैंकको निष्कृय कर्जालाई पहिलो त्रैमाससम्ममा ० दशमलव ४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको देखिन्छ। बैंकको निस्क्रिय कर्जा शीर्षकले बैंकिङ क्षेत्रलाई नै चकित बनाएको छ।
त्यस्तै प्रथम त्रैमाससम्ममा ३५६ शाखा र ४७३ एटीएमसहित निकै ठूलो संजाल भएको वाणिज्य बैंकको रुपमा स्थापित एनआईसी एशिया ग्राहक संख्याको मामलामा निजी क्षेत्रको बैंकहरु मध्ये सबैभन्दा ठूलो बैंक हो ।♦एडभोटोरियल
दश सूचकांकहरु जसले एनआईसी एशिया बैंकलाई बनायो एक नम्बरको वाणिज्य बैंक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार