‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल’ ?
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १९:३७:३९
२८ पुस, काठमाडौं । साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत डिसेम्बर १७ मा रिलिज भएको यो फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले उस्तै मनपराइरहेका छन् ।
फिल्मको व्यापार बढ्नुमा समान्थाको यो आइटम नम्बरलाई पनि प्रमुख कारण मानिएको छ । किनकि फिल्म हेर्दा दर्शकले आइटम गीतलाई निकै रुचाएका छन् । दर्शकले यो गीतलाई पटक–पटक सुन्ने र हेर्ने गरिरहेका छन् । फ्यानहरू फिल्मको सिक्वेल ‘पुष्पाः द रुल’मा समान्थाको अर्को एक आइटम गीत चाहेका छन् । तर निर्माताले भने सिक्वेलमा समान्थाको आइटम नराख्ने निर्णयमा पुगेका छन् ।
सुकुमार निर्देशित फिल्मले हिन्दी भाषी क्षेत्रमा राम्रो कारोबार गरिरहेको छ । त्यहीकारण सुकुमारले ‘पुष्पाः द रुल’मा कोही हिन्दी फिल्मकी अभिनेत्रीले आइटम नृत्य गरुन् भन्ने चाहेका छन् । यो फिल्म सन् २०२२ को अन्त्यमा रिलिजको तयारी हुँदैछ । जबकि यसको सुटिङ फेब्रुअरीमा सुरु गर्ने निर्माण पक्षले योजना बनाइसकेको छ ।
सुकुमार यो समयमा ‘पुष्पा २’का लागि एक टप अभिनेत्रीलाई अनुबन्ध गराउने तयारीमा छन् । जसको खोजीमा उनी जुटिसकेका छन् । स्रोतका अनुसार बलिउडका केही टप अभिनेत्रीले यो फिल्ममा आइटम नृत्य गर्ने सोच बनाएका छन् । तर सुकुमारको नजरमा को अभिनेत्री पर्छिन् भन्ने टुंगो लागिसकेको छैन ।
अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना अभिनित ‘पुष्पाः द राइज’ले हिन्दी भर्सनमा ८० करोड बढी रकम कमाइसकेको छ । बलिउडका व्यापार विश्लेषकह फिल्मले चाँडै नै हिन्दी भर्सनमा सय करोडको कारोबार गर्नेमा ढुक्क छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार